arrow

यौनकर्मी बन्दै दिव्या

वृत्तचित्र ‘वर्न इन टु ब्रथेल्स’ माथि बन्न लागेको फिल्ममा दिव्या यौनकर्मीका रुपमा देखिन लागेकी हुन्

logo
प्रकाशित २०७२ माघ ५ मंगलबार
divya.jpg.jpeg
मुम्बई । फिल्म ‘चक एण्ड डष्टर’ मा नकारात्मक भूमिकामा देखिएकी बलिउड अभिनेत्री दिव्या दत्त अब दर्शकमाझ यौनकर्मीको रुपमा आउने भएकी छन् । उनी चाँडै नै कलकत्ताको रेडलाइट इलाका सोनागाछीको यौनकर्मीको बच्चामा आधारित वृत्तचित्र ‘वर्न इन टु ब्रथेल्स’ माथि बन्न लागेको फिल्ममा दिव्या यौनकर्मीका रुपमा देखिन लागेकी हुन् । यो वृत्तचित्रले सन् २००४ मा ओस्कार जितेको थियो ।

दिव्याले हालै मात्र दर्शकले ‘चक एण्ड डस्टर’मा आफुलाई मन पराइरहेका बेला नयाँ फिल्ममा पनि दर्शकले मनोरञ्जन लिने दाबी गरेकी थिईन् । फिल्मको निर्देशन अरुप दत्ताले गर्नेछन् भने फिल्मको सुटिङ मार्चबाट हुनेछ । सुटिङ कलकत्तामा हुनेछ । जसमा सपना पब्बी र सीमा विश्वास पनि कलाकार छन् ।

दिव्याले यौनकर्मीको भूमिकामा काम गर्नु चुनौतिपूर्ण हुने बताईन् । दिव्या हालका दिनमा फिल्म ‘इरादा’को सुटिङमा व्यस्त छिन्, जहाँ नसिरुद्दिन शाह र अरसद वारसी पनि कलाकार छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ