arrow

स्मार्ट टेलिकमले  शुरु गर्‍यो फोरजी सेवा

logo
प्रकाशित २०७४ कार्तिक ११ शनिबार
smart-cell-fg.jpg

काठमाडौं। दुरसन्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले फोरजी सेवाको शुरुवात गरेको छ ।

कम्पनीले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी परीक्षणकारुपमा कात्तिक १२ गतेदेखि काठमाडौं र पोखराबाट फोरजी सेवा सुरु हुने जनाएको हो ।

कजाकस्तानको एक कम्पनीको ८० प्रतिशत र नेपालका व्यवसायीको २० प्रतिशत शेयर लगानी रहेको स्मार्टले उपत्यका वाहिर आफ्नो सेवा विस्तार पछि काठमाडौं उपत्यकामा लगायत देशभर सेवा शुरु गरेको थियो। अब भने स्मार्टले फोरजी शुरु गरेको हो। 

फोरजी सेवाका लागि प्राविधिकरुपमा सम्पूर्ण तयारी पूरा भएपनि केही समय परीक्षणकारुपमा सन्चालन हुने कम्पनीले जनाएको छ ।

केही समयपछि भने व्यावसायिकरुपमा यो सेवा देशैभर दिने कम्पनीले जनाएको छ ।

काठमाडौं र पोखरामा परीक्षणपछि नेपालगन्ज, चितवन र वीरगन्जमा पनि फोरजी सेवा विस्तार गर्ने जनाइएको छ ।

स्मार्टले शुरुवा ग्रामीण भेगमा सेवा प्रदान गर्नेगरि लाइसेन्स पाएको थियो । तर सन् २०१३ मा कम्पनीले युनिफाइड लाइसेन्स प्राप्त गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ