arrow

नि:शुल्क र सर्वशुलभ शिक्षा खुल्ला आकाश मुनि पढ्दै विद्यार्थी

logo
श्रीधर भट्टराई
प्रकाशित २०७२ माघ ५ मंगलबार
school.JPG.jpeg
प्यूठान। जाडो र चिसोले सताउने सवैभन्दा चिसो महिना कस्लाई पो मन हुदैन होला खुल्ला आकाशमा बस्ने र घाम ताप्ने, झट्ट हेर्दा जो कोहीले पहिलो पटक भन्न सक्छ यहाँका विधार्थीहरु चिसोका कारण खुल्ला चौरमा घाँम ताप्दै पढ्न बसेका होलान् । तर नयाँगाउँ गा.वि.स को एक विधालयमा भने त्यसको ठिक बिपरित भएको छ । विधार्थीहरुले खुल्ला आकाश मुनि पढ्ने गरेका छन् । पढने कक्षा कोठाँको अभाबले गर्दा खुल्ला आकाशमा विधार्थीहरुलाई पढाउने गरेको बिद्यालय प्रसासनले जनाएको छ ।
 
सरकारले शिक्षा क्षेत्रमा भवन निर्माणको लागि हरेक बर्ष जिल्ला शिक्षा कार्यालय मार्फत करोडौ रुपैया लगानि गरेको छ । त्यो लगानि बोलि बिक्नेहरुको लागि भएको पिडित अभिभावकहरुले बताएका छन् । पहुँचको भरमा भवन निर्माणको कोटा बाडिन्छन् । जसका कारण परमेश्वरी प्रा. वि. नयाँगाउँका साना साना बालबालिका खुल्ला आकास मुनि पढ्न बाध्य भएका छन् । सदरमुकाम आसपास र बोलि बिक्नेहरुको ठाँउमा भवन धेरै बनिरहेका छन् । आबश्यकताको आधार भन्दा पहुचको पछि जिल्ला शिक्षा अधिकारी लाग्ने गरेको सर्बसाधरणले आरोप लगाएका छन् । बालबालिकाहरुले आधारभूत अधिकार समेत पाएका छैनन् । भवन अभावका कारण खुल्लाचौरमा सानासाना बालबालिकाहरुलाई पढाउने गरेको प्रधानाध्याकप छमा पुनले बताउनु भएकोछ । 
 
 बालवालिकाहरुको दर्दनाक पिडा शिक्षा कार्यालयले कहिले देख्ने हो । भवन अभाब भएपछि शिशु कक्षाको पढाई खुल्ला आकास मुनि भईरहेको छ ।  शैक्षिक सामाग्रि छैनन् कक्षा कोठा प्रयोग गर्न नपाएपछि सामाग्रि प्रयोग गर्न समस्या भएको शिक्षकहरुको भनाईछ । नयाँगाउँ गाविसको वडा नम्बर ७ सल्लीकोटमा मा रहेको  परमेश्वरी प्रा.वि. शिशु देखि कक्षा ३ सम्म संञ्चालन भईरहेकोछ ।  कक्षा कोठा थोरै भएको कारण विद्यार्थीलाई खुल्ला चौरमा राखि अध्यापन गराउन बध्य भएको विद्यालयका प्रधानाध्याकप पुनले बताउनु भयो ।
 
कक्षाकोठा संगै फर्निचरको अभाबले गर्दा शिशु कक्षाका २५ जना विधार्थीहरु चिसो समयमा पनि भुईमा बस्ने गरेको शिक्षक धनिराम विश्वकर्माले जानकारी दिनुभयो ।  चिसोमा भुईमा बस्दा अधिकाशंमा विधार्थीमा रुघाँखोकि लाग्ने गर्छ ” शिक्षक विश्वकर्माले गुनासो गर्नुभयो ।  जिल्लाको दुर्गम गाबिसमा रहेको विद्यालयमा अन्य विधालयमा शिक्षाको गुणस्तरको चर्चा चलिरहदा भबन र फर्निचरको चर्चा गर्नाले शिक्षाको गुणस्तरमा कसैको ध्यान नगएको बिधार्थी, शिक्षक तथा स्वयम अभिभाबकहरुले समेत स्वीकार गरेका छन् । विद्यालय पानि पर्दा र चर्को घाँम लाग्दा बन्द गर्ने गरेको विद्यालय स्रोतले बताएको छ ।
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ