arrow

बच्चाको सहयोगार्थ ज्याक्सनका स्केच बेचिँदै

जोसेफ मैकब्रैटनीले अभावग्रस्त बच्चाको सहयोगार्थ चित्र बेच्ने भएका छन् ।

logo
प्रकाशित २०७२ माघ ५ मंगलबार
michael-jackson-mugshot.jpg.jpeg
लसएञ्जल्स । दिवंगत पप गायक माइकल ज्याक्सनका सय बढी चित्रका संकलक जोसेफ मैकब्रैटनीले अभावग्रस्त बच्चाको सहयोगार्थ ती चित्र बेच्ने भएका छन् ।

समाचार अनुसार उनीसँग माइकलसहित द बीटल्स रक व्याण्डका सदस्यं, दिवंगत राजकुमारी डायना, अब्राहम लिंकन, चार्ली च्याप्लिन, कार्टूनिष्ट बार्ट सिम्पसन, पीटर पैन, मिकी माउस, स्नूपी र गार्फिल्डको स्केच छ, जुन स्केच बेच्ने तयारीमा छन् ।

‘यो एक ठूलो जिम्मेवारी हो, मैले यो संग्रह जुटाएँ, म बच्चाको सहयोगका लागि एक गैर नाफामूलक समूह बनाउन चाहन्छु ।’ उनले भनेका छन् । सबै चित्रमा सम्बन्धित स्टारका हस्ताक्षर छन् । उनका अनुसार ती चित्रहरु एक हस्ताक्षर प्रमाणीकरण सेवाद्वारा प्रमाणित गरिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ