arrow

जाडोका जुत्ता ५ सयमा पाइने भएपछि भृकुटीमण्डपको शिखर क्रेजी सेल मेलामा उपभोक्ताको घुँइचो

logo
प्रकाशित २०७४ कार्तिक १२ आइतबार
shikhar-crazy-sale-mela.jpg

काठमाडौं। कान्तिपुर सिटी कलेजमा अध्यापन गराउने राजु कट्टेल र राजिव तिमल्सिना हतारमा थिए। साँझ पाँच बजेको क्लासमा छिर्नु अघी बचेको ४५ मिनेटको समय उनले साथीहरुसँग कुरा गरेर बिताउनु भन्दा जाडोको लागि जुत्ता किन्न जान उपयुक्त ठाने । पुतलीसडक न्यूप्लाजामा रहेको कलेजबाट उनीहरु भृकुटीमण्डपमा रहेको शिखरको क्रेजी सेल मेलामा पुगे। कट्टेलले बहिनी र तिमल्सिनाले एक जनाआफन्तलाई लिएर जुत्ता खरिद गर्न गएका थिए।

एक एक जोर जुत्ता किन्न भनेर हिडेका उनीहरुलाई जाडोका लागि शिखरले तयार पारेका कपडाको जुत्ताले समेत आकर्षित गर्‍यो। मर्निङ वाकका लागि समेत काम लाग्ने जुत्ता उनीहरुको रोजाइमा नपर्ने कुरै थिएन। सधै शिखरको स्पोर्टस सुज लगाइरहेका दुवैले नयाँ मोडलको कपडाको जुत्ताको साथमा सधै लगाइरहेको स्पोर्टस सुज पनि लिए। 

Image may contain: 3 people, people smiling, people standing and outdoor

धादिङका सुदर्शन अधिकारी अब आउने विहेको सिजनका लागि पार्टी सुज लिन शिखरको यहि मेला कुरेर बसेका रहेछन्। आफ्नी श्रीमती सहित आएका अधिकारीले श्रीमतीका लागि चाहिने चप्पल र आफ्ना लागि पार्टी सुज लिए। बजारमा पाइने भन्दा निकै सस्तो मूल्यमा जुत्ता पाएपछि उनले त्यहिबाटै फोन गरेर साथीलाई मेलाको बारेमा जानकारी गराउँदै थिए। 

हरघर जुत्तामा शिखर भन्ने कम्पनीको नारा यस्तै उपभोक्ताको साथ र सहयोगका कारण बनेको थियो। शिखरप्रति लोयल रहेका उपभोक्ताहरुले नै कम्पनीलाई एक नम्वरको फुटवेयर ब्राण्ड बनाएको सुखद अनुभव सुनाउँछन कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक रामकृष्ण प्रसाई। 

कार्तिक ६ बाट शुरु भएको शिखरको क्रेजी सेल मेलामा अहिले यस्तै यस्तै शिखरका बर्षौदेखिका सन्तुष्ट उपभोक्तादेखि नयाँ नयाँ उपभोक्ताहरु पनि जुत्ता चप्पल लिन आइरहेका छन्। 

नेपालको नम्वर वान फुटवेयर व्राण्ड शिखर सुजले जाडो मौसमलाई लक्षित गरेर काठमाडौंमा शिखर क्रेजी सेल मेला शुरु गरेको हो। अपत्यारिलो अफर लिएर शिखरले शुरु गरेको क्रेजी सेल मेलामा सय रुपैयाँ माथिका चप्पल जुत्ता विक्रिमा राखिएको छ। 

शिखर सुजका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाईले ५ सय भन्दा वढी डिजाइनका जुत्ता चप्पलहरु मेलामा राखिएको बताए। २० दिनसम्म सञ्चालनमा रहने मेलामा जाडोका लागि लक्षित कपडा तथा  छालाका जुत्ता चप्पलहरु रहेको प्रसाईले बताए। उनले भने, ' मेलामा छानी छानी कपडाको जुत्ता तथा स्पोर्टस सुजहरु रोजेर लिन सकिन्छ। '

मेलामा राखिएका जुत्ताहरुमा विशेष छुट समेत रहेको शिखरले जनाएको छ। मेलामा  ५० भन्दा वढी नयाँ आइटम सहित पाँच सय भन्दा बढी डिजाइनका जुत्ता राखिएका छन्।

वालवालिकाको तथा डिएमएस जुत्ता भारी छुटमा विक्री भइरहेको कम्पनीका निर्देशक संगीता कडरिया प्रसाईले बताइन। 

जेन्टस तथा लेडिज स्पोर्टस सुजमा विशेष छुट रहुको निर्देशक कडरियाले बताइन। उनले भनिन, '  मेलामा राखिएका सबै किसिमका जुत्ता चप्पल छुटमा विक्री भइरहेको एवं वच्चाको तथा डिएमएस जुत्तामा भने भारी छुट रहेको छ।'

मेलामा एक सय देखि माथिका जुत्ता चप्पलहरु राखिएका छन्। 

कार्तिक २५ गतेसम्म सञ्चालनमा आउने मेला विहान ८ देखि साँझ ७ वजेसम्म सञ्चालनमा आउने निर्देशक कँडरियाले बताइन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ