arrow

सन नेपाल लाइफ इन्स्योरेन्सको शाखा पोखरामा

logo
प्रकाशित २०७४ कार्तिक १२ आइतबार
Dhurmus-Suntalii.jpg.jpeg

पोखरा । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पोखरा शाखा उद्घाटन गरिएको छ । 

बिमा समिति अध्यक्ष चिरञ्जीवी चापागाईंले पोखराको जिरो किमीमा शाखा उद्घाटन गर्दै सन लाइफ इन्स्योरेन्सले छोटो समयमै सातौं शाखा उद्घाटन गर्नु आफैमा गर्वको विषय भएको भन्दै यसको भविष्य उज्ज्वल रहेको बताए । उनले बिमा सम्बन्धी सर्वसाधारणमा सचेतना गर्नुपर्नेमा जोड दिँदै यसलाई निकट भविष्यमा विद्यालयस्तरीय पाठ्यक्रममा राख्न आफूले पहल गर्ने बताए । 

लाइन्स क्लब इन्टरनेश्नल डिष्ट्रिक्ट ३२५ बी १ का सिनियर एड्भाइजर सुचित्रा थापाले अन्य बिमा कम्पनीको तुलनामा सन नेपाल उत्कृष्ट रहने विश्वास व्यक्त गरिन् ।

माछापुच्छ्रे बैंकका प्रबन्धक जय सापकोटाले बैंक र बिमा कम्पनीले आर्थिक बजार चलायमान बनाउन ठूलो भूमिका खेलेको बताए ।

कम्पनीका प्रबद्र्धक युवा व्यवसायी किरण केसीको अध्यक्षमा भएको कार्यक्रममा कम्पनीका महाप्रबन्धक कमलराज गौतमले स्वागत र पोखरा शाखा प्रमुख सुदीपराज ढुंगानाले संचालन गरेका थिए ।

अधिकृत पुँजी २ सय करोड रहेको कम्पनीले ४ वटा जीवन बिमा योजना, सावधिक सनलाइफ, नवीन जीवन बिमा, सार्थक जीवन बिमा तथा भाग्योदय जीवन बिमा संचालनमा ल्याएको छ । 

कम्पनीको कर्पोरेट अफिस काठमाडौंको कमलादीमा छ । कम्पनीले आगामी दिनमा थुप्रै योजना ल्याउने जनाएको छ । कम्पनीको ब्राण्ड एम्बेसडर हाँस्यकलाकार धुर्मुस र सुन्तली छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ