arrow

मुसहरलाई धुर्मुस सुन्तलीको ५ लाखको राहत सामाग्री

नेपाली कम्युनिटी सेन्टर ओल्र्याण्डो र युनाइटेड फ्लोरिडाको सहयोगमा फाउण्डेशनले उक्त सामाग्री वितरण गरेको हो ।

logo
प्रकाशित २०७२ माघ ५ मंगलबार
IMG_4252.JPG.jpeg
काठमाडौं। चर्चित हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले आफ्नो संस्था धुमुर्स सुन्तली फाउण्डेसनमार्फत बर्दिबास नगरपालिका वडा नम्बर २ मा रहेको मुसहर बस्तीमा ५ लाख बराबरको राहत सामाग्री वितरण गरेका छन्। नेपाली कम्युनिटी सेन्टर ओल्र्याण्डो र युनाइटेड फ्लोरिडाको सहयोगमा फाउण्डेशनले उक्त सामाग्री वितरण गरेको हो। 

धुर्मुस सुन्तलीले तत्कालका लागि मुसहर बस्तीमा रहेका ५५ परिवारलाई प्रति परिवार दुई दुई वटा न्यानो सिरक र डस्ना तथा सबै परिवारलाई एक एक बोरा चामल, दाललगायतका उपभोग्य सामग्री पनि उपलब्ध गराएका छन्। मुसहर बस्तीकै सबैभन्दा बढी अध्ययन गरीरहेका मन्जे सदालाई धुर्मुस सुन्तली फाउण्डेशनले प्रोत्साहन स्वरुप ५ हजार रुपैँया नगद पनि प्रदान गरेको छ। विद्यालय नजिकै रहे पनि पढ्न नजाने समस्या रहेकाले अरुलाई पनि हौसला दिनका लागि उक्त नगद रकम दिइएको फाउण्डेशनले जनाएको छ। 

अहिले कक्षा ११ मा अध्ययनरत मन्जे सदाले धुर्मुस सुन्तलीले गरेको सम्मानले आफुलाई थप प्रोत्साहन मिलेको भन्दै मुसहर समुदायमा शिक्षाको महत्व बुझाउने संकल्प गरेका छन्। विभिन्न सरकारी निकायका प्रतिनिधिहरुले पनि मुसहर बस्ती विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

राहात वितरण गर्दै धुर्मुस सुन्तलीले सबैको साथ र सहयोग पाएमा मुसहर बस्तीको मुहार फेर्ने अभियानको नेतृत्व लिन आफुहरु तयार रहेको बताए। भूकम्प पछि ७७ दिनमा प्रशंसा योग्य एकिकृत नमुना बस्ती बसालेको अनुभव पनि रहेको भन्दै उनीहरुले मुसहर बस्तीको मुहार फेर्न सकिने बताएका हुन्। मुसहर समुदायको जीवनस्तर उकास्नका लागि औपचारीक शिक्षासँगै व्यापक जनचेतनाको खाँचो रहेको धुर्मुसको भनाई छ। 

सुन्तलीले आधारभुत आवश्यकताको नै अभाव रहेकोप्रति दुख व्यक्त गर्दै सरसफाई, बालविवाह, अशिक्षालगायत विविध समस्याले व्याप्त मुसहर बस्तीको मुहार फेर्न सकेमा आफ्नो मनले पनि शान्ति पाउने जनाईन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ