खनाल विश्व दूरसञ्चार संघको स्टडी ग्रुप उपाध्यक्षमा पुनः निर्वाचित
प्रकाशित २०७४ कार्तिक १४ मंगलबार
966
Shares
काठमाडौं। नेपाल दूर सञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल विश्व दूरसञ्चार संघको स्टडी ग्रूपको उपाध्यक्षमा पुनः निर्वाचित भएका छन् । २०१८ देखि २०२१ सम्मको कार्यकालका लागि संघको दूरसञ्चार विकास ब्यूरो अन्तर्गत् स्टडी ग्रुप दुईको उपाध्यक्षमा पुनः निर्वाचित भएका हुन्।
यही अक्टोबर ९ देखि २० तारिकसम्म अर्जेन्टिनाको राजधानी बुनोसमा सम्पन्न विश्व दूर सञ्चार विकास महाशाखाबाट दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन्। उनी यस अघि २०१४ मा दुबईमा सम्पन्न महासभाले २०१४ देखि २०१७ सम्मका लागि सोही पदमा निर्वाचित गरेको थियो।
संघका एशिया प्रशान्त क्षेत्रका ३८ मुलुकमध्ये नेपाल र कोरियाले मात्रै प्रतिनिनिधित्व गरेका छन्।