arrow

'डोजर चालकले इन्जिनियरिङ गरेको हाम्रो योजना कस्तो होला ?' 

logo
प्रकाशित २०७४ कार्तिक १४ मंगलबार
kunti_shahi.jpg

काठमाडौं । शहरी विकास राज्यमन्त्री कुन्तिकुमारी शाहीले गाउँमा डोजर चलाउने ड्राईभरले नै सडक तथा अन्य संरचनाको डिजाईन गर्ने भन्दै यसले नै हाम्रो योजनाको यथार्थ रुप स्पष्ट पार्ने बताएकी छिन् । शहरी विकास तथा भवन निर्माण विभागले सोमबार विश्व वसोबास दिवस तथा विश्व शहरी योजना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । 

योजनाको दीर्घकालीन टिकाउको लागि राम्रो इन्जिनियरिङ आवश्यक पर्ने भएपनि नेपालमा यसैको कमिले गर्दा योजनाहरु नै समस्याग्रस्त बन्दै गएको बताईन् । उनले इन्जिनियरहरुलाई सही व्यवस्थापन गर्न नसक्दा इन्जिनियरहरुको काम डोजर चालकले गर्ने र इन्जिनियरहरु बेकामे बनेर बस्नु परेको उनको भनाई थियो । मन्त्री शाहीले विश्वले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लालाई सबैभन्दा पहिला नियाल्ने भएकाले तीनै जिल्लाको बाटो, भौतिक, सरकारी तथा निजी संरचना बनाउँदा सचेत भएर बनाउनुपर्नेमा जोड दिइन् । 

कार्यक्रममा शहरी विकास सचिव दीपेन्द्रनाथ शर्माले सरकारले अति गरिव र विपन्न वर्गलाई आवासमा सेवा पुगोस् भनेर सुरु गरेको जनता आवास कार्यक्रममा ६ हजार आवास बनाएको बताएका छन् । सरकारले २०७३ मा थप २० हजार आवास निर्माण गर्ने योजना ल्याएको थियो । शर्माका अनुसार गत वर्ष २० हजार आवास बनाउने योजना ल्याएको सरकारले १८ हजार आवास निर्माणको चरणमा पुगेको जानकारी दिए । शर्माले यो वर्ष २५ हजार आवास निर्माणको लक्ष्य लिएर अगाडि बढेको बताएका छन् ।

त्यस्तै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष जगदीश शर्मा पोखरेलले केन्द्रको अधिकार गाउँमा पठाउने त भनियोे तर त्यो अधिकार गाउँमा जान मानिरहेको छैन भन्दै यसलाई केन्द्रले ठेलेर पठाउने हो कि गाउँले नै यसलाई तानेर ल्याउने हो यो जसरी भएपनि अधिकार पठाउनु पर्नेमा जोड दिए । पोखरेलले स्थानीय तहको निर्वाचनपश्चात निर्वाचित प्रतिनिधिहरुमा शहरीकरणको योजना उत्साहजनक रहेको बताए । उनले स्मार्ट सिटी, ग्रीन सिटीलगायत विभिन्न योजनासहित आएका प्रतिनिधिको उत्साहलाई कार्यान्वयनमा ल्याउनुपर्ने बताए ।

अक्टोवर २ तारिकका दिन मनाउने विश्व वसोबास दिवस नेपालीहरुको महत्वपूर्ण चार्डपर्वका कारण मनाउन नसकिएकोले सो दिवस र नोभेम्बर ८ तारिकका दिन मनाईने विश्व शहरी योजना दिवसको अवसरमा एकैदिन कार्यक्रम गरिएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ