arrow

आर्थिक समृद्धिका लागि प्रधानमन्त्रीको व्यवसायीहरुलाई पत्र (पत्रसहित)

logo
प्रकाशित २०७४ कार्तिक १४ मंगलबार
sher-bahadur-deuba-new-fnl.jpg.jpeg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक समृद्धिको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्न निजी क्षेत्रका व्यवसायिक संस्थाका पदाधिकारीहरुलाई आग्रह गरेका छन् । मंगलबार प्रधानमन्त्रीद्वारा जारी विज्ञप्तीमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघका पदाधिकारीहरुलाई आग्रह गरेका छन् । 

देउवाद्वारा जारी विज्ञप्तीमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भईसकेपछि राजनीतिक कोर्स एउटा टुंगोमा पुग्ने र मुलुक आर्थिक समृद्धि तर्फ लाग्न र नेपाललाई विकासको युगमा प्रवेश गराउनुपर्ने चुनौती सबैसामु रहेको उल्लेख छ । आर्थिक समृद्धिलाई राष्ट्रिय एजेण्डा बनाएर केही वर्षमा नै आर्थिक विकासमा निर्णयक बाटो तर्फ उन्मुख गराउनु नै लोकतान्त्रिक शक्तिको मुख्य ध्येय रहेको उनले उल्लेख गरेका छन् । 

उनले यसको लागि बजार अर्थतन्त्र र सामाजिक न्यायको छाता बाहिर रहेर आर्थिक समृद्धि सम्भव नरहेको आर्थिक समृद्धिको अभियानमा सबै गोलबद्ध हुनुपर्ने भन्दै उद्योगी व्यवसायीलाई आर्थिक समृद्धिको अभियानमा नेतृत्व लिन आग्रह गरेका हुन् । 
No automatic alt text available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ