arrow

मिक्लाजुङलार्इ अब चाहिँदैन बिजुली, सकियो टुकी र लालटिनको जमाना 

logo
कुमोद अधिकारी 
प्रकाशित २०७४ कार्तिक १५ बुधबार
solaar_plant.jpg

विराटनगर । नेपाल सरकारले वैकल्पिक उर्जा कार्यक्रम अन्र्तगत मोरङको पहाडी गाउँपालिका मिक्लाजुङमा –१ मा सोलार मिनिग्रिड स्थापना गरी सञ्चालनमा ल्याएको छ । सोलार मिनिग्रिडवाट उत्पादन गरिएको विजुलीबाट क्षेत्रका ७० भन्दा बढी घरपरिवार लाभान्वित भएका छन् । मिनिग्रिड सञ्चालनमा आएपछि अहिले सवैको घरमा तथा सडकहरुमा पोल राखेर सौयवत्ती जडान गरिएको छ । 

पूर्व पश्चिम राजमार्गदेखि ५० किलोमिटर उत्तरमा रहेको सो पहाडी क्षेत्रमा धेरै प्रयास गरेपनि राष्ट्रिय प्रसारण लाइन पुग्न नसकेपछि सोलार बत्तिकालागि मिनिग्रिड स्थापना गरिएको हो । पर्यटकीय क्षेत्रको रुपमा चिनिने रमिते बजारमा सोलारबाट बिजुली आएपछि जीवनस्तरमा समेत सुधार आउन थालेको सर्वसाधारणको भनाई छ । 

टुकी र लालटेनको साहारमा जीवन यापन गर्दै आएको सर्वसाधारणहरु  सोलार बत्तिका कारण गाउँ नै झलमल्ल भएपछि उत्साहित भएका छन । १ करोड ६० लाख रुपैयाँको लागतमा सोलार मिनिग्रिड स्थापना भएको हो । १५ वर्षदेखि सो ठाउँमा होटल संचालन गर्दै आएकी कर्णमाया राइले सोलारवाट बिजुली आएपछि जीवनयापनमा सहज भएको बताइन् । होटल सञ्चालनदेखि साँझ बिहान हिड्न समेत अब सजिलो भएको उनको भनाई छ । सो स्थानमा एकदर्जन भन्दाबढी होटलहरु रहेका छन् । गर्मीयाममा पनि त्यहाँको मौसम चिसो हुने भएकाले पनि रमितेलाई पर्यटकीय क्षेत्रको रुपमा चिनिन्छ ।  

त्यस्तै सोही ठाउँका भोला लुईंटेलले पनि विद्युत आएसँगै छोराछोरी पढाउनदेखि सबै कामगर्न सहज भएको बताए । सोलार आएपछि प्रतेक विद्यालय तथा वोडिङहरुमा कम्प्युुटर तथा इन्टरनेटहरु समेत सञ्चालनमा आउन थालेको उनले बताए । राष्ट्रिय प्रसारण लाइन पुग्न नसकेको रमिते वजारमा ३० किलोवाटको  सोलार मिनिग्रिड संचालनमा आएको हो । जिल्ला समन्वय समिति मोरङको सहयोगमा दुईवर्ष अघि मिनिग्रिडको निमार्ण शुरु भएको थियो ।

मिनिग्रिड उपभोक्ता समितिका अध्यक्ष पर्वत राइले सोलार सञ्चालनमा आएपछि युगौंदेखि अन्धकारमा बस्दै आएका यस क्षेत्रका वासिन्दाले उज्यालो पाएको बताए । निवर्तमान सांसद डिकवहादुर लिम्वुले यस्ता महत्वपूर्ण योजनाहरुको निमार्णमा जनताको आवश्यकतामा पनि सरकारले ध्यान पु¥याउँदो रहेछ भन्ने देखाएको बताए । यस्ता महत्वपूर्ण योजनाको निमार्णले हाम्रोलागिपनि राज्यले केही गर्दोरहेछ भन्ने भावना जनतामा आएको बताए । 

नेपाल सरकारले १ करोड ६० लाख रुपैयाँको लागतमा मिनिग्रिड सञ्चालनमा ल्याएको हो । मिनिग्रिडवाट उत्पादित विद्युत पोल तानेर ५ किलोमिटर क्षेत्रमा विस्तार गरिएको छ । ब्याट्री र सोलार पाता राखेर संचालनमा ल्याइएको सो मिनिग्रडका उचित व्यवस्थापनगर्न सके दिगो हुने जनाइएको छ । मिनिग्रिडको व्यवस्थापनकालागि उपभोक्ताले प्रयोग गर्ने विजुलीको उचित मुल्य निर्धारण गर्नु आवश्यक रहेको छ । 

सरकारले निमार्ण गरेको बहुउपयोगी योजनाको संरक्षणमा उपभोक्ता समितिले ध्यान पु¥याउनुपर्ने जिल्ला समन्वय समिति मोरङका उर्जा अधिकृत ज्ञानेन्द्र सिहले बताए । उनले बिजुली प्रयोग गरेबापत त्यसको उचित मुल्य निर्धारण गरी आउने रकम त्यसका मर्मत सम्भारमा खर्चगर्न सके योजना दिगो हुने बताए । दुई हप्ताअघि परीक्षणका लागि मिनिग्रीडबाट विद्युत सञ्चालनगरी प्रसारणमा ल्याएको हो । नेपाल सरकारले सो पहाडी क्षेत्रका विभिन्न स्थानमा हावा तथा सोलारबाट विद्युत उत्पादनका लागि समेत काम अघि बढाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ