arrow

पर्यटन शुल्क नउठाउन केन्द्र सरकारको स्थानीय सरकारलाई पत्र (पत्रसहित)

logo
प्रकाशित २०७४ कार्तिक १५ बुधबार
sanghiya-mamila-sthaniya-local-development-.jpeg

काठमाडौ । केन्द्र सरकारले स्थानीय सरकारलाई पर्यटन शुल्क नउठाउन भन्दै पत्र पठाएको छ । बुधबार संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयले पर्यटन शुल्क नउठाउन सबै नगरपालिका र गाउँपालिकाका नाममा पत्राचार गरेको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए ।

मन्त्रालयले सबै स्थानीय तहको नाममा सम्बोधन गरी पठाएको सो पत्रमा संबिधानको अनुसूची ५, ६ र ८ को अधिकार क्षेत्रभित्र परेको सीमा क्षेत्रमा प्रवेश शुल्क नलगाउन भनेको छ । पत्रमा, साबिकमा उठाउने गरेको पद यात्रा तथा पर्यटन शुल्क, नेपाल कानून र साबिक ब्यबस्था बमोजिम गर्न भनिएको छ ।

मन्त्रालयले अन्तरसरकारी वित्त हस्तान्तरण ऐन २०७४ अनुसार भौगोलिक सीमामा प्रवेश गरेबापत कुनैपनि शुल्क लिन नमिल्ने भएकोले स्थानीय सरकारले उठाउने पार्क, उद्यान, चिडियाखाना, ऎतिहासिक, पुरातत्विक सम्पदा क्षेत्रको प्रवेश शुल्क नउठाउन पत्राचार गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ