arrow

सरकारको सकारात्मक कदम, १२ घण्टा नवित्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धी फिर्ता

प्रधानमन्त्रीको निर्देशन पछि भयो फिर्ता

logo
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
petrol-pump.jpeg

काठमाडौँ । सरकारले मूल्य वृद्धी भएको १२ घण्टा नवित्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धी फिर्ता लिएको छ। 

बुधवार राती १२ वजेबाट लागू हुने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धी गरेको थियो।  

बुधवार राति १२ बजेपछि लागू हुनेगरी खाना पकाउने एलपी ग्यास , पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । 

नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर रु १०० पर्ने आयल निगमले जनाएको छ । त्यसैगरी डिजेल र मट्टितेल लिटरको रु ७५ रुपैयाँ ५० पैसा कायम भएको छ । अब ग्यास प्रतिसिलिन्डर रु एक हजार ३५० पर्नेछ । 

अब साविकको मुल्यमा नै पेट्रोलियम पदार्थ पाइने छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा निगमले मूल्यवृद्धि फिर्ता लिएको हो ।

पेट्रोलियम पदार्थको कारोबार हिजोकै मूल्यमा हुने निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । उनले यसअघिकै मूल्यमा पेट्रोलियम पदार्थको कारोबार गर्न सम्बन्धित पक्षलाई अनुरोध समेत गरेका छन्।

चुनावको मुखमा मूल्यवृद्धि गरेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि जनाएका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ