arrow

अर्घाखाँचीका उम्मेदवार : विचार फरक, एजेण्डा समान !

logo
घनश्याम पौडेल
प्रकाशित २०७४ कार्तिक १७ शुक्रबार
arghakahnchi_umedhar.jpg

सन्धिखर्क । अर्घाखाँची जिल्लामा बिहिबार प्रतिनिधी सभाका लागी मनोनयन दर्ता गरेका पाचँ उम्मेदवारले जिल्लालाई सम्वृद्ध बनाउने प्रतिवद्धता व्यक्त गरेका छन । शुक्रबार रिपोर्टस क्लब नेपाल अर्घाखाँचीले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै कांग्रेसबाट प्रतिनिधी सभाका उम्मेदवार डा. रामबहादुर विसीले मानीसको सवैभन्दा महत्वपुर्ण कुरा स्वास्थ्य रहेकाले स्वास्थ्यलाई प्राथमीकतामा राखेको बताए । 

मानिसको स्वास्थ्य पछी बल्ल पुर्वाधार विकास तर्फ जोड दिनुपर्ने उनको तर्क छ । उनले सोही कार्यक्रममा सासंदबाट पाउँने तलव भत्ता क्यान्सर रोगका विरामीहरुलाई लगानी गर्ने बताएका छन । सासंद नहुँदा पनी जिल्लाबासीको सहयोगका लागी कहिल्यै पटी आफनो र अरुको पाटी नभनी जनताको सेवामा विशेष गरेर उपचारमा लागेको बताउँदै अहिले एकपटक जिल्लाबासीले पालो दिनुपर्ने बताए । 

जिल्लाको ‘विकास गर्नको लागी उम्मेद्धवार भएर आएको हुदाँ जिल्लाको विकासको लागी निरन्तर लाग्ने र नमुना जिल्ला बनाउने अभियानमा लाग्ने छु । प्रतिष्पर्धी दलका केही साथीहरु  गणितीय हिसाबले अगाडी भए पनि जनताले यस पटक फरक व्यक्ती खोजेकोले मैले जित्ने निश्चित छ उनले दावी गरे।’ बाम गठबन्धनबाट माओवादकिा उम्मेदवार टोपबहादुर रायमाझीले राजनैतीक क्रान्ती सम्पन्न भई आर्थीक सम्वृद्धिको लागि आफनो उम्मेद्धवारी भएको बताए । ‘जिल्लामा विगतमा गरेका काम तथा जिल्लालाई नमुना जिल्ला बनाउनको लागी मेरो उम्मेद्धवारी हो, निर्वाचनमा जनताको मन जित्ने कुरा ठुलो हो, हामी देशको मूल कानुन बनाएर स्थानीय तहको निर्बाचन गरि केन्द्र र प्रदेशको निर्वाचन हुँदै छ । 

यो निर्वाचन संविधान कार्यान्वयनको चरण हो अब देशमा खुद्रा पसल जस्तो पार्टीहरु धान्न नसकने अबस्था भएकोले देश अब दुई पार्टी पद्धती राम्रो हुन्छ । ’ नेता रायमाझीले बिचार मिल्नेहरु संग पार्टी धुर्वीकरण हुनु पर्नेमा जोड दिए । नेपालमा बैदेशीक हस्तक्षेपबाट बचाई संघीयताको खारेजीकालागि उम्मेद्धवारी भएको राष्ट्रिय जनमोर्चाका उम्मेद्धवार शेरबहादुर बिसीले बताए । 

‘संविधान संसोधन गर्ने देशलाई टुक्राउने संग तालमेल हुदैन बाम गठबन्दन सँग छलफल भै रहेको छ कुरा मिलेमा उम्मेद्धवारी फिर्ता हुने पनि सम्भावना छ।’ आर्थिक सम्बृद्धिको लागी नयाँ बिकल्पको रुपमा नयाँ शक्तिका उम्मेद्धवार  देश भरबाट बिजयी हुने नयाँ शक्तिका प्रतिनिधी सभाका उम्मेद्धवार छन्द पन्थीले बताए । ‘देशमा भएको राजनैतिक अस्थीरतालाई हटाई देश अब नयाँ युगमा प्रबेश गरेको छ, आर्थीक सम्बृद्धि मार्फत देशको बिकास गर्नका लागी नयाँ शक्तिको बिचार बाट मार्फ सम्भव छ । जिल्लामा पर्यटन तथा कृषि मार्फत विकास गर्ने योजना लिएर मतदाता माझ जादै छु ।’

विवेककशील साझा पार्टीका बिष्णुप्रसाद मिश्र नयाँ सोचका साथ हामी अर्घाखाँचीमा चुनाबी मैदानमा उत्रिएको बताए  । ‘हाम्रो पार्टि जनताका माझ हाम्रा बिचार लिएर जाने छौ । अन्य पार्टिभन्दा फरक तरिकाबाट अगाडि बढने हुदाँ यस पटक साझा बिबेकशिललाई रोज्नेमा बिश्वस्त छु उनले भने ’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ