arrow

जोरपाटी–सुन्दरीजल सडक मर्मत शुरु

logo
प्रकाशित २०७४ कार्तिक १८ शनिबार
kathmandu-road.jpeg

काठमाडौं। गोकर्णेश्वर नगरपालिकाले सडक विभागसँग गरेको सम्झौताअनुरुप जोरपाटी–सुन्दरीजल जोरपाटी खण्डमा सडक मर्मत शुरु भएको छ।

सरकारसँग मेलम्ची खानेपानी आयोजनाले जोरपाटी–सुन्दरीजल सडक मर्मत र आवश्यकता अनुरुप विस्तार गर्ने सम्झौता गरेको थियो। आयोजनाले सम्झौता कार्यान्वयन नगर्दा सडक दैनिक प्रयोग गर्ने गागलफेदी, आलापोट, भद्रवास, सुन्दरीजल, नयाँपाटी, बालुवा, गोकर्ण र जोरपाटीका हजारौँ नागरिकले सास्ती खेप्नु परिरहेको छ। 

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले हजारौं नागरिकको समस्यालाई समाधान गर्न बाटो मर्मतलाई उच्च प्राथमिकतामा राखी शुक्रबारदेखि काम शुरु गरिएको बताए। 

सडक मर्मत कार्यको अनुगमन गरिरहनुभएकी नगर उपप्रमुख शान्ति नेपालले सडक मर्मतले नागरिकको दैनिक समस्या समाधान गर्न कामलाई छिट्टै सम्पन्न गरिने प्रतिबद्धता जनाए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ