arrow

सप्तरीमा साढे १४ हजार मतदाता थपिए

logo
प्रकाशित २०७४ कार्तिक १८ शनिबार
saptari-district.png

राजविराज । आगामी मंसिर २१ गते हुने दोस्रोचरणको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि सप्तरीमा १४ हजार ५४५ मतदाता थपिएका छन् । 

जिल्ला निर्वाचन कार्यालयकाअनुसार निर्वाचन आयोगले पुनः संकलन गरेको मतदाता नामावलीमा सप्तरी जिल्लामा १४ हजार ५४५ जना मतदाता थप भएको हो । 

सप्तरी जिल्लामा प्रतिनिधि सभाका लागि चार र प्रदेश सभाका लागि आठ वटा निर्वाचन क्षेत्र कायम गरिएको छ । मतदाता संख्या थपिएसँगै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १६ वटा मतदान केन्द्रसमेत थप भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका निर्वाचन अधिकृत दिलीपकुमार यादवले बताए। 

सप्तरी जिल्लामा स्थानीय तहको निर्वाचनमा भने ४६२ मतदान केन्द्र कायम भएको थियो । अव प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि २९५ मतदानस्थलमा थप १६ गरी ४७८ वटा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ