arrow

सडक–सडकमा राहदानी

‘गाउँ शहर देखि राजधानी,हेर्नेछन सबैले राहदानी’ नारासहित यो अभियान सुरु गरिएको हो ।

logo
प्रकाशित २०७२ माघ ६ बुधबार
rahadani-rajmarga-2.jpg.jpeg
काठमाडौं । प्रदर्शन मिति दुई महिना बाँकी रहँदा फिल्म ‘राहदानी’ले प्रचारप्रसार अन्तर्गत राजमार्ग अभियान सम्पन्न गरेको छ । फिल्मकाबारे राजमार्गमा यात्रा गर्ने दर्शकलाई जानकारी गराउन यो अभियान सुरु गरिएको निर्माता लक्ष्मी प्रसाद ढकालले जानकारी दिए ।

राजमार्ग अभियान अन्तर्गत काठमाडौं, बनेपा बर्दिबास सडक खण्ड, बर्दिबास पथलैया हेटौंडा सडक खण्ड, हेटौं देखि नारायणघाट सडक खण्डका विभिन्न स्थानमा फिल्मको भित्तेलेखन अभियान सम्पन्न गरिएको छ । यस्तै नारायणघाट देखि नवलपरासी, बुटबल सडक खण्ड, नारायणदेखि मुग्लिन सडक खण्ड, दमौली देखि मुग्लिन सडक खण्ड र मुग्लिन देखि नागढुँगा सडक खण्डमा पनि फिल्मको प्रचार स्वरुप भित्तेलेखन गरिएको छ । 

यी राजमार्ग अन्तर्गत एक सय भन्दा बढी स्थानमा फिल्मको प्रदर्शनी मितिबारे भित्तेलेखन गरिएको छ । ‘गाउँ शहर देखि राजधानी,हेर्नेछन सबैले राहदानी’ नारासहित यो अभियान सुरु गरिएको हो । यो फिल्म आगामी १२ चैतबाट देशव्यापी प्रदर्शनीमा आउने यसका लेखक निर्देशक डब्बु क्षत्रीले बताए ।

वैदेशिक रोजगारीका समस्यालाई उजागर गरिएको यो फिल्ममा दयाहाङ राई, रुपा खनाल, अशोक रिजाल, नविन लम्साल, बिनिता घिमिरे, सृजना सुब्बा, विकाश जोशी, मोनिका दाहाल, तेन्जिङ शेर्पा, अस्मिता बस्नेत, विधा कार्की, दिनेश दुलाल, आयुष्मा श्रेष्ठसहितको अभिनय रहेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ