arrow

मेकअप मेनको सोचमा बन्यो ऋचाको बिग्रिएको रुप

ऋचाले भनिन्,‘अनुहारमा दादुरा आएको देखाउन मेकअपमा निकै मेहनत ग¥यौं ।’

logo
प्रकाशित २०७२ माघ ६ बुधबार
Richa-Sharma.JPG.jpeg
काठमाडौं । अभिनेत्री ऋचा शर्मालाई नौलो रुपमा प्रस्तुत गरेको फिल्म ‘को आफ्नो’ प्रदर्शनका लागि तयार भएको छ । फिल्म युनिटले राजधानीमा बुधबार ट्रेलर सार्वजनिक गर्दै फिल्म फागुन ७ गतेबाट अल नेपाल रिलिज हुने जानकारी दिएको हो ।

कार्यक्रममा फिल्मका लेखक तथा निर्देशक अनिल थापाले आफ्नो अकिारको लागि लड्नु अपराध होइन भन्ने कथा प्रस्तुत गर्ने बताए । फिल्मका कलाकारको कामबाट आफु प्रभावित भएको जनाउँदै दर्शकले पनि फिल्मलाई मनपराउने विश्वास व्यक्त गरे ।

फिल्मकी प्रमुख कलाकार ऋचाले फिल्ममा आफ्नो रुप बदल्दाको अनुभव सुनाईन् । ‘अनुहार बनाउन मेकअप आर्टिष्टले निकै मेहनत गर्नुप¥यो, मेकअप मेनकै सिफारिसमा पनि अनुहारमा नयाँ कुरा देखियो,’ ऋचाले भनिन्,‘अनुहारमा दादुरा आएको देखाउन मेकअपमा निकै मेहनत ग¥यौं ।’

फिल्ममा सुवास थापा, सुशांक मैनाली, मेनुका प्रधान, राजन खतिवडा, शान्ति गिरी, सुदाम केसी, सुलक्षण भारती र प्रकाश घिमिरेले अभिनय गरेका छन् । फिल्मलाई पपकर्नले वितरण गर्दैछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ