arrow

कास्कीमा १९ राजनीतिक दल, १०० उम्मेदवार

logo
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
election.jpeg

पोखरा । मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा १९ राजनीतिक दलले उम्मेदवारी दिएका छन् । दल र स्वतन्त्र गरी १०० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभाका तीन र प्रदेश सभाका छ निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली काँग्रेस बिपी, देशभक्त जनगणतान्त्रिक मोर्चा, विवेकशील साझा पार्टी, आमूल परिवर्तन मसिहा पार्टी र राष्ट्रिय जनमोर्चाका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै, संघीय समाजवादी फोरम, नेपाल दलित पार्टी, माओवादी केन्द्र, मंगोल नेशनल अर्गनाइजेशन, एकीकृत राप्रपा राष्ट्रवादी, नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माले, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनसमाजवादी पार्टी, राप्रपा र राप्रपा प्रजातान्त्रिकका उम्मेदवारले उम्मेदवारी दिएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी र मंगोल नेशनल अर्गनाइजेशन पार्टीले प्रतिनिधिसभाका तीन र प्रदेशसभाका छवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् ।

एमालेले प्रतिनिधिसभाका तीन, प्रदेशसभा १ ख, २ क र ३ ख मा, माओवादी केन्द्रले प्रदेशसभा १ क, २ ख र ३ क मा नेपाल दलित पार्टीले प्रतिनिधिसभाका तीन, प्रदेशसभा १ क, २ ख ३ क र ख, विवेकशील साझा पार्टीले प्रतिनिधिसभाका तीन, प्रदेशसभा १ क, ख, २ क, ३ क र ख मा उम्मेदवारी दिएका छन् ।

त्यस्तै, राप्रपाले प्रदेशसभा १ क, ख, २ क, ख, ३ क र ख, नेपाली काँग्रेस बिपी ले प्रतिनिधिसभा १, राप्रपा प्रजातान्त्रिकले प्रदेश १ क र २ ख, जनसमाजवादी पार्टीले प्रतिनिधिसभा ३ र प्रदेशसभा ३ क, नेकपा मालेले प्रतिनिधिसभा २, एकीकृत राप्रपा राष्ट्रवादीले प्रतिनिधिसभा १, राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा १ र २, प्रदेशसभा १ क, २ क, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रतिनिधिसभा २, देशभक्त जनगणतान्त्रिक मोर्चाले प्रतिनिधिसभाका तीन, प्रदेशसभा १ क र ख, आमूल परिवर्तन मसिहा पार्टीले प्रतिनिधिसभा १ र प्रदेशसभा १ ख मा उम्मेदवारी दिएको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।

पाँच स्वतन्त्र उम्मेदवारले विभिन्न क्षेत्रमा उम्मेदवारी दिएकामा प्रदेश नं १ क का स्वतन्त्र उम्मेदवार टीकाराम पंगेनीको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले रद्द गरेपछि अब चार जना स्वतन्त्र उम्मेदवार मात्रै चुनावी मैदानमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ