arrow

अर्घाखाँचीमा यस्तो छ काँग्रेसको चुनावी कार्यक्रम तालिका

logo
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
cong.jpg

सन्धिखर्क । नेपाली काँग्रेस क्षेत्र नम्बर १ अर्घाखाँचीले आउँदो मंसिर २१ गते हुने चुनावलाई मध्यनजर गरी निर्वाचन कार्यक्रम तथा प्रचार–प्रचार समिति गठन गरेको छ ।

वीपी स्मृति भवन सन्धिखर्कमा आईतबार बसेको बैठकले, क्षेत्रीय सभापति  केशवराज कुवँरको संयोजकत्वमा १०१ प्रचार प्रसार समितीको गठन गरेको छ । कात्तिक २३ गतेदेखी मंसिर १४ गते सम्म क्षेत्र नम्बर एकका साविकको गाविस अनुसारका कार्यक्रम तय गरेको क्षेत्रीय सचिव  ताराप्रसाद फुल्लेलले जानकारी दिए ।

अर्घाखाँची जिल्लामा काँग्रेसबाट प्रतिनिधि सभाका लागि डा. रामबहादुर विसी, प्रदेश सभा १ मा जिल्ला सभापती विष्णु प्रसाद खनाल मुस्कान र २ मा हिम्मतबहादुर टण्डन उम्मेदवार रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ