- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर ३ का उम्मेदवार शुक्रराज शर्माले क्षेत्र नम्बर ३ को पर्यटन विकासका लागि आफूले जोड दिने प्रतिवद्धता जनाएका छन्। नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता शर्माले कास्की जिल्लाका बिभिन्न क्षेत्रमा धार्मिक पर्यटन विकासको प्रसस्त सम्भावना रहेको उल्लेख गरे ।
उनले पर्यटकका लागि नयाँ गन्तब्यको पहिचान गरी पर्यटन उद्योगको माध्यमबाट गरिबी र बेरोजगारी हटाउने प्रतिवद्धता जनाए । उनले आफ्नो क्षेत्र कास्की ३ नम्बर क्षेत्रबाट मुक्तिनाथसम्म पुग्ने केवलकार निर्माण गरेरै छाड्ने दृढता व्यक्त गरे । त्यस्तै, उनले धार्मिक क्षेत्रहरु पशुपतिनाथ, कैलाश मान सरोवर, मुक्तिनाथलाई त्रिकोणात्मक तरिकाले पोखरासँग जोडेर धार्मिक पर्यटक भित्राउन सकिने र त्यसको लागि पहल गर्ने बताए ।
उनले अन्नपूर्ण बेस क्याम्पमा बिशाल महादेवको मूर्ति निर्माण गरेरपनि पर्यटक भित्राउनसकिने बताए । कृषि क्षेत्रको विकास अर्को आर्थिक आम्दानीको अर्को स्रोत भएको उल्लेख गर्दै उनले कृषिको आधुनिकिकरणका लागि आफुले जोड दिने प्रतिवद्धता जनाए । कांग्रेसले सबैको अभिभावकत्व लिने बताए । कांग्रेसमा पनि ईमान्दारिताको खाँचो रहेको भन्दै उनले आफू घुस पनि नखाने र अरुलाई पनि खान नदिने प्रतिबद्धता जनाए ।