arrow

प्रिमियर लिग : टोटनह्याम विजयी

logo
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
totten1.jpg

एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा टोटह्याम विजयी भएको छ । आइतबार साँझ घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले क्रिष्टल प्यालेसलाई १–० ले हरायो ।

टोटनह्यामलाई विजयी गराउन हेंग मिन सनले ६४औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । क्रिष्टल प्यालेसका दुई खेलाडीले पहेंलो कार्ड पाए ।

योसँगै टोटह्याम ११ खेलबाट २३ अंक जोडेर तेस्रो स्थानमा पुगेको छ । टोटनह्यामले सात खेलमा जित निकाल्दा दुई खेल बराबरी गरेको छ भने दुई खेल गुमाएको छ ।

क्रिष्टल प्यालेसले अहिलेसम्म जम्मा एक खेल जितेको छ । ९ खेल गुमाएको क्रिष्टल प्यालेस लिग तालिकाको पुछारमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ