- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
स्टामफोर्ड ब्रिज । इंगलिस प्रिमियर लिग फुटबलमा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।
आइतबार राति घरेलु मैदानमा खेलेको चेल्सीले म्यानचेस्टर युनाइटेडलाई १–० ले हराएको हो ।
५५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै चेल्सीलाई जिताएनन् मात्र उपाधि दावेदारीलाई कायमै राख्न ठूलो भुमिका खेलेका छन् ।
यो खेलमा म्यानचेस्टरको प्रशिक्षक जाजे मौरिन्हो र चेल्सी प्रशिक्षक एन्टोनिओ कोन्टेबीचको चिसोपन भने छताछुल्ल भएको छ ।
खेल सकिएपछि मौरिन्होले हातसमेत नमिलाइ हिंडे । मौरिन्होले यसअघि चेल्सी नै सम्हालेका थिए । तर प्रदर्शन बिग्रिएपछि बाहिरिनु परेको थियो ।
आइतबार रातिको अर्को खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई ३–१ ले हराएको छ । यो जितले सिटीले शिर्ष स्थानलाई अझ मजबुद बनाएको छ ।
११ औं चरणको समाप्तिसम्म म्यानचेस्टर सिटीको ३१ अंक भएको छ भने म्यानचेस्टर युनाइटेडको २३ तथा टोटनह्यामको २३ अंक छ ।
डिफेन्डिङ च्याम्पियन चेल्सीको २२ अंक भएको छ ।