इलामको फूएतप्पा पुगेर नेम्वाङले भने : 'पाँच वर्षमा समृद्ध नेपाल'
प्रकाशित २०७४ कार्तिक २० सोमबार
665
Shares
इलाम । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वाम गठबन्धनले मात्र मुलुकलाई समृद्ध बनाउने बताएका छन् । सोमबार फाकफोकथुम गाउँपालिका–४ फूएतप्पामा आयोजित वाम कार्यकर्ता भेलामा बोल्दै नेम्वाङले अवको निर्वाचनमा वाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने र मुलुकलाई समृद्ध बनाउने बताए ।
“पाँच वर्षसम्म स्थिर सरकार चलाएर मुलुकलाई आर्थिक विकासतर्फ उन्मुख गराउने लक्ष्य छ,” उनले भने– “समृद्ध नेपालको आधार तयार भएको छ, यसकै आधारमा हामी देशलाई समृद्ध बनाउँछौं ।”
अहिले मुलुकमा राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र लोकतान्त्रिक विकास आवश्यक रहेको उनको भनाइ थियो । वाम एकता कुनै निरंकुशता र अधिनायकवादका लागि नभएको नेम्वाङले बताए ।