arrow

शेखर र लालबाबुकहाँ ठोक्किन पुगे प्रचण्डका ज्वाँइ, बन्लान् प्रदेश सांसद ?

logo
प्रकाशित २०७४ कार्तिक २१ मंगलबार
prachanda_jwai.png

काठमाडौं । देशैभर चुनावी चटारो लागेको छ । उम्मेदवारलाई घरदैलो गर्दै जनमत आफूतिर समेट्ने अभ्यासको दिनचर्या जारी छ । यहि दिनचर्यामा अभ्यस्त छन्, मोरङ क्षेत्र नम्बर ६ ‘क’का बामपन्थी उम्मेदवार जीवन आचार्य । बामपन्थी गठबन्धन अन्तर्गत उक्त क्षेत्रको प्रतिनिधि सभा उम्मेदवार हुन्, पूर्वमन्त्री लालबाबु पण्डित । यस्तै लोकतान्त्रिक शक्तिको तर्फबाट नेतृत्व गरेका छन्, डा. शेखर कोइरालाले ।
 
अघिल्ला चुनावहरूको मतपरिणामको रूझानले उक्त क्षेत्रमा कांग्रेसको मत बलियो रहेको देखाउँछ । विजयकुमार गच्छादार र कोइराला दुवैले चुनाव जितेको उक्त क्षेत्र कांग्रेसका लागि बलियो हुनुको अर्को कारण, गच्छादारको कांग्रेस फिर्ती पनि मानिन्छ । तर, सोही क्षेत्रको ‘क’ प्रदेशमा भने लोकतान्त्रिक शक्ति कमजोर छ ।

बामपन्थीको बलियो मत रहेको सोही क्षेत्रको चुनावी अभियानमा छन्, आचार्य । ‘प्रतिस्पर्धा बलियो हुनेछ तर बामपन्थी शक्तिको मत पनि कमजोर नभएका कारणले यो प्रदेश सभामा हामी बहुमतमा आउने आशा राखेका छौं ।’, आचार्यले भने,‘घरदैलोका क्रममा आफ्नो गाउँ, आफ्नो भुमीमा अभिभावक र युवाको साथले म दङ्ग छु ।’

आचार्य माओवादीका जिल्लास्तरीय नेता हुन् । उनलाई सो क्षेत्रमा सर्वसम्मत उम्मेदवार तय गरिएको थियो । नाताले उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाँई पनि हुन् । राजनीतिक परिचय बनाएका जीवन भन्छन्,‘म माओवादीको एउटा इमान्दार कार्यकर्ता भएका कारणले सिफारिसमा परें र निर्विरोध उम्मेदवार बनेको छु । जनताको मन र मर्का दुवै बुझ्ने अभियानमा पनि छु ।’

मोरङको पूर्वी उत्तरमा क्षेत्र नं ६ ‘क’ पर्दछ । राजमार्गमा केही र पुरै ग्रामिण भेगमा पर्ने उक्त क्षेत्रमा अहिलेसम्म निर्वाचन जितेका नेताहरूले काम नगरेको गुनासो आचार्यले सुन्नु परेको छ । ‘अहिलेसम्म विकासको कुरा छाडौं खेतीयोग्य जमिनमा पानीको समस्या, उत्पादन निकासको समस्याका बारेमा जनगुनासो बढिरहेको छ । यो समस्या बामपन्थी गठबन्धनले पुरा गर्ने वाचा गरेको छु ।’, उनले भने,‘जनताले काम गर्ने पार्टीलाई चुन्ने आश्वासन दिनुभएको छ ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ