arrow

भुकम्पमा परेका प्रत्येक मृतक परिवारलाई १५ हजार वितरण

काँग्रेस कार्यक्रमा लामले गरे हस्तान्त्रण

logo
श्यामप्रसाद खतिवडा
प्रकाशित २०७२ माघ ६ बुधबार
Cognress.jpg.jpeg
दोलखा। पूर्व सभासद एवं व्यवसायी जीपछिरिङ लामा शेर्पाले विनासकारी भुकम्पबाट मृत्यु भएका परिवारलाई राहत स्वरुव १५ हजार नगद वितरण गरेका छन । नेपाली काँग्रेस दोलखाले आयोजना गरेको राहत वितरण कार्यक्रममा लामाले दोलखा जिल्लाभित्रका सम्पूर्ण भुकम्प पीडित मृतक परिवारलाई नगद वितरण गरेका हुन  ।नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष समेत रहेका लामाले आफ्नो व्यक्तिगत आम्दानीबाट राहत स्वरुप भुकम्प पीडित परिवारलाई नगद वितरण गरका हुन  । दोलखामा बैशाख १२,१३ र २९ गते गएको विनासकारी भुकम्पबाट १ सय ७७ जनाको मृत्यु भएको थियो । उनले सबै मृतक परिवारलाई गरी २६ लाख ५५ हजार नगद वितरण गरेका छन  ।
 
काँग्रेसका पूर्व केन्द्रीय सदस्य समेत रहेका लामाले खारे गाविस १ को नमुना पर्यटन सहकारीले सञ्चालन गर्ने गरी एउटा एम्बुलेन्स समेत हस्तान्तरण गरे  । एम्बुलेन्स  आफ्नै व्यक्तिगत लगानीमा खरिद गरी हस्तान्तरण गरेको बताइएको छ  । लामाले पनि यस अघि दोलखा भित्रका सबै गुम्बाहरुलाई जस्तापाता वितरण गरेका थियो । त्यसैगरी जिल्लाभर राहतस्वरुप अस्थाीबासका लागि त्रिपाल समेत वितरण गरेका थिए  ।राहत वितरण कार्यक्रममा लामाले दोलखाका भुकम्प पीडितहरुको घाउमा महलम लगाउन ढिलै भए पनि रकम वितरण गरेको बताएका छन्  ।  सरकारले अघि बढाएको पुर्ननिर्माणको काममा सवै पक्षलाई राजनीति नगरी स्वस्थ भएर लाग्न आग्रह समेत गरेका छन  । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ