- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
तिरुवन्थपुरम । भारतले न्युजिल्याण्डविरुद्ध पहिलो पटक टी–२० क्रिकेटको सिरिज जितेको छ । घरेलु मैदानमा भएको तिन खेलको सिरिज २–१ ले जित्दै घरेलु टिमले ठुलो सफलता हासिल गरेको हो ।
तिरुवन्थपुरममा मंगलबार राति भएको तेस्रो तथा अन्तिम खेलमा भारत ६ रनले विजयी भयो ।
वर्षाले भिलेन खेलेको खेललाई ८ ओभरमा झारिएको थियो । भारतले पहिले ब्याटिङ गर्दै ५ विकेटको नोक्सानीमा ६७ रन बनायो ।
मनिस पान्डेले ११ बलमा १७, हार्दिक पान्डेयाले १० बलमा नटआउट १४ तथा कप्तान विराट कोहलीले ६ बलमा १३ रन जोडे । टिम साउथी र २५ वर्षे इश सोधीले २–२ विकेट लिए ।
जवाफमा न्युजिल्याण्डले ६ विकेटको नोक्सानीमा ६१ रन बनाउन सक्यो । दुई खेलाडीले मात्र दोहोरो स्कोर बनाएको इनिङमा जसप्रित बुमराहले २ विकेट लिए ।
जसप्रित म्यान अफ द म्याचसंगै म्यान अफ द सिरिज भए ।
टी–२० मा यसअघि भारतले न्युजिल्याण्डलाई हराउन सकेको थिएन । पहिलो पटक भारतले न्युजिल्याण्डलाई दुई खेलमा हराएर सिरिज नै चड्काएको हो ।
जितका लागि कोहलीले ३ खेलमा १०४ रन बनाए । टी–२० मा कोहलीले १९५६ रन बनाएका छन् र विश्वको दोस्रो नम्बरमा छन् ।
पहिलो नम्बरमा रहेका न्युजिल्याण्डका ब्रेन्डन म्याककुलमको २१४० रन छ ।