arrow

विश्वप्रकाशको बाटोमा राम कार्की 

logo
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
bishwa-ram.png

काडमाडौं । ०६४ को निर्वाचनका ताप्लेजुङबाट उम्मेद्वार बन्दै गर्दा विपक्षी दलको  सत्तो सराप गर्ने माओवादी नेता राम कार्की  पक्षिल्लो समय काँग्रेसका युवा नेता विश्वप्रकाको बाटोमा देखिएका छन् ।

पहिलो पटक संसदको अभ्यास गर्ने तयारीमा रहेको माओवादीका नेता कार्कीले २०६४ सालको चुनावमा विपक्षीदललाई राम्रैसँग गाली गर्न भ्याए । तर २०७० सालमा समानुपातीक उम्मेद्वार हुदै सञ्चारमन्त्री समेत बनेका कार्की मंसिरमा हुन लागेको प्रतिनिधिसभामा झापा १ बाट  उम्मेद्वार बन्दै गर्दा  शान्त देखिएका छन् ।

विद्यार्थी आन्दोलका क्रममा नै लोकतान्त्रिक चरित्र निर्माण गरिसकेका काँग्रेसका युवा नेतासँगको चुनावी मैदानमा आउदै गर्दा कार्की संयमित वनेका हुन् । केहि समय अगाडी एउटा अन्तर्वार्तामा काँग्रेसका युवा नेता शर्माले कार्कीसँग चुनावी मैदानमा लड्न पाउनु आफ्नो लागि गर्वको कुरा रहेको र कार्कीले चुनाव जिते आफु माला लगाइदिन जाने बताएको केहि समयमानै कार्कीले समेत विश्वप्रकाश जस्तो युवा र वौद्धिक व्यक्तीसँग चुनाव लड्न पाउदा आफुलाई खुशीलागेको बताएका छन् । कार्कीले आफुले चुनाव हारेर शर्माले जिते फुलमाला र अभिर लगाएर स्वागत गर्ने बताए ।

कांग्रेस केन्द्रिय सदस्य समेत रहेका शर्माले संसदले चैत्रको अन्तीम दिन बजेट ल्याउने र बैशाखको पहिलो दिनबाट नै काम सुरु गर्न पहल गर्ने बताउदै आएका छन् । ठेकेदार कम्पनीसँग ३ सिफ्टमा काम गराउँने जस्ले गर्दा काम छिटो हुने हुदा जनताले छिटो विकासको अनुभव गर्ने बताएका छन् । यदी कुनै ठेकेदार कम्पनीले समयमानै काम सक्दैन भने त्यस्तो कम्पनीको लाईसेन्स खारेज गरि कारवाही गर्नु पर्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ