arrow

लोकतन्त्र मास्न र संविधान कार्यान्वयन हुन नदिन नै कम्युनिष्ट गठबन्धनः जितेन्द्र देव

logo
ओम प्रकाश शाह,
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
jitendra-dev.jpg

राजबिराज । नागरिक उद्ययान तथा पर्यटन मन्त्री जितेन्द्र नारायण देवले जारी भएको संविधानको कार्यन्वयन हुन नदिने मुल दुश्मन नै कम्न्यूनिष्ट गठबन्धन रहेको बताएका छन् ।
 
शनिवार नेपाल ट्रेड यूनियन काँग्रेस सप्तरीले आयोजना गरेको आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ट्रेड युनियनको भुमिका सम्वन्धी अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि मन्त्री देवले चीनको ईशारामा एमाले अध्यक्ष के.पी.ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राता रात कसैले सुइको सम्म नपाउने गरी गरेको सम्झौताले लोकतन्त्रलाई खतरा भएको बताए। 

लोकतन्त्रलाई रक्षा गर्न नेपाली काँग्रेसले मात्र गर्न सक्ने भएकाले नेपाली काँग्रेसको चुनाव चिन्हमा मतदान गर्न देवले सवै सँग आग्रह गरे ।

के.पी. ओली बर्तमान अवस्थामा पनि संघीयता नमानेको र जारी भएको संविधानलाई पनि समाप्त  गरी सत्ता कब्जा गर्न बाम गठबन्धन खोजे मन्त्री देवले आरोप लगाए ।

जनमतको कदर गर्दै २०७० साल भएको संविधान सभाको निर्वाचन पश्चात नेपाली काँग्रेसको सरकारले तीन बर्ष भित्र नै दिइएको संविधानमा केही कमी कमजोरी रहेकाले नेपाली काँग्रेसले संशोधन गरेर सुधार गर्न तयार रहेकोले अगामी मंसीर २१ गते हुने निर्वाचनमा लोकतात्रिक गठबन्धन मिलेर जानु बर्तमान आवश्यकता रहेको उनले बताए।

नेपाल ट्रेड युनियन काँग्रेस सप्तरीका अध्यक्ष मनोज कुमार मंडलको अध्यक्षतामा भएको अन्तक्रिया कार्यक्रममा नेपाली काँग्रेस सप्तरीका सभापति तथा क्षेत्र नं. ३ का प्रतिनिधि सभाका उम्मेदवार दिनेश कुमार यादवले मुलुक कम्न्यूनिष्टको शासनले लोकतन्त्रलाई खतराबाट बचाउनको लागी नेपाली काँग्रेसको रुख चिन्हमा मत दिइ विजय गर्न सबै कार्यकर्तालाई आग्रह गरे ।

क्षेत्र नं.–२ का क्षेत्रीय सभापति एंव क्षेत्र नं. २को २ का प्रदेश सभाका उम्मेदवार महानन्द प्रसाद यादवले नेपाली काँग्रेसका कार्यकर्ताको मनोवल घटाइएको बताए। 

अन्तक्रिया कार्यक्रममा कृषि श्रमिक संघका नेता उमेश कुमार मिश्र, नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष फुलेश्वर मंडल, शिक्षक संघ सप्तरीका अध्यक्ष परशुराम यादव, युवा नेता नन्दकिशोर यादव लगायतले मन्तव्य राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ