arrow

रौतहटको क्षेत्रनम्बर ४ नेपाली काँग्रेसमय बन्दै

logo
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
rautahat.jpg

रौतहट । प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचनका लागि रौतहटको क्षेत्र नम्बर ४ काँग्रेसमय बन्दै गएको छ । बिभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेको लर्को नै लाग्ने गरेको छ । जति चुनाबको मिति नजिकिदै गएको छ त्यति नै नेपाली काँग्रेसका उम्मेदबारलाई विजयी गराउन मतदाताहरु उत्साहपुर्ण तरिकाले होम्मिएका छन । 

नेपाली काँग्रेसका प्रतिनिधि सभाका उम्मेदवार देब प्रसाद तिमल्सिना र प्रदेश सभाका उम्मेदबार धनलाल ठोकरले घरदैलो गरिरहदा खेतबारी काम गरिरहेका मतदाता उत्साही भएर शुभकामना दिईरहेका छन । घरदैलोमा उहाहरु मतदाताले फुलमाला, अबिर र दहि खुवाएर स्वागत गर्नेकोको संख्या बढोत्तरी रहेको छ । 

विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्ने नेता कार्यकर्तामा उत्साह थपिएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–८ बेतौनामा नेकपा एमालेका जयलाल पासवान, माओबादी केन्द्रका दिपेन्द्र सहनी, राज कुमार पासवान, प्रमोद पासवान, रामसेबक पासवान, मदन पासवान, दिपनारायण पासवान, बालकृष्ण पासवान, विकाउ पासवान, रामचन्द्र पासवान लगायत पचास जना नेपाली काँग्रेसमा प्रबेश गरेका छन । 

नेपाली काँग्रेसमा प्रबेश गरेका उनीहरुले आफुहरुले जनताको पक्षमा काम गर्ने उम्मेदबारको पक्षमा आफुहरु रहेको बताएका छन । निस्वार्थरुपले हामीहरु नेपाली काँग्रेसमा आबद्ध भएर जनताको सच्चा नेतालाई बिजयी गराउने बताएका छन । सोही अबसरमा पार्टी प्रबेश कार्यक्रममा प्रतिनिधि सभा उम्मेदबार देव प्रसाद तिमल्सिनाले आफनो अवसरको लागि जनताको माझमा पाँच वर्षमा मात्र देखापर्ने हैन दुखसुखमा सधै जनताको पक्षमा रहन सक्नु पर्दछ भने । क्षेत्रको विकास र नागरिकको जीबनस्तरमा परिबर्तन ल्याउन सक्ने आफुमा ताकत भएकाले एक पटक हेर्नको निम्ति अनुरोध गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ