- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
क्वालालम्पुर । यु–१९ युथ एसिया कप क्रिकेटमा वर्षा भिलेन बनेको छ । नेपाल र भारत भिडिरहेका बेलामा वर्षाले गर्दा खेल रोकिएको हो ।
मलेसियाको बेयुमास ओभल मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको अवस्थामा २०.५ ओभर खेल्दा खेल रोकिएको थियो ।
नेपालले ढिलो गतिमा रन जोड्ने क्रममा २ विकेटको नोक्सानीमा ५२ रन जोडेको छ ।
ओपनर जितेन्द्र सिंह ठकुरी ६८ बलमा २५ रन बनाएर नटआउट छन् । कप्तान दिपेन्द्र सिंह ऐरी ३३ बलमा १३ रन बनाएर ठकुरीलाई साथ दिएका छन् ।
आसिफ शेख १३ बलमा ३ तथा अनिल शाह १२ बलमा ६ रन बनाएर आउट भए ।
फेरि खेल सुरु भएको छ ।
नेपालले पहिलो खेलमा बंगलादेशसंग २ विकेटको हारको सामना गर्नुपरेको थियो भने भारतले आयोजक मलेसियालाई २०२ रनले हराएको थियो ।
डिफेन्डिङ च्याम्पियन विरुद्ध नेपाल कत्तिको डटेर खेल्छ हेर्न बाँकी छ ।
यो खेलमा जित हासिल गरे नेपालको क्रिकेट स्तर बढ्नेमात्र मात्र होइन यो प्रतियोगिताको सेमिफाइनलमा पुग्नसमेत ठूलो मद्धत गर्नेछ ।
यो खेलमा हारको सामना गर्दा नेपाल मलेसियासंग खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरिने लगभग पक्का हुनेछ ।
अर्को समुहमा श्रीलंका शिर्ष स्थानमा छ भने अफगानिस्तान दोस्रो स्थानमा छ । पाकिस्तान र युएईले अंक जोडेका छैनन् ।