- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
क्वालालम्पुर । मलेसियामा भइरहेको यु–१९ युथ एसिया कप क्रिकेटमा जितका लागि नेपालले भारतलाई १८६ रनको विजयी लक्ष्य दिएको छ ।
यसअघि मलेसियाको बेयुमास ओभल मैदानमा भइरहेको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ८ विकेटको नोक्सानीमा १८५ रन बनायो ।
नेपाली टिमका कप्तान दिपेन्द्र सिंह ऐरीले भारत विरुद्ध शानदार प्रदर्शन गर्ने क्रममा ८८ रन जोडे ।
ऐरीले १०१ बल खेल्दै २ छक्का र ६ चौकाको मद्धतले शानदार प्रदर्शन गरेका हुन् ।
ओपनर जितेन्द्र सिंह ठकुरी ३६ रन बनाएर आउट भएका छन् ।
भीम सार्की १५, आसिफ शेख १३ बलमा ३ तथा अनिल शाह १२ बलमा ६ रन बनाएर आउट भए । त्यसैगरी पवन सर्राफ १ तथा रोहित कुमार पौडेल ६ रनमा आउट भए । कमल सिंहले ५ रन बनाए ।
नवौं विकेटका लागि १३ रनको नटआउट साझेदारी गर्ने क्रममा सन्दिप लामिछानेले ५ बलमा ९ तथा किशोर महतोले १३ बलमा ७ रन जोडे ।
नेपालले पहिलो खेलमा बंगलादेशसंग २ विकेटको हारको सामना गर्नुपरेको थियो भने भारतले आयोजक मलेसियालाई २०२ रनले हराएको थियो ।
डिफेन्डिङ च्याम्पियन विरुद्ध नेपाल कत्तिको डटेर खेल्छ हेर्न बाँकी छ ।
यो खेलमा जित हासिल गरे नेपालको क्रिकेट स्तर बढ्नेमात्र मात्र होइन यो प्रतियोगिताको सेमिफाइनलमा पुग्नसमेत ठूलो मद्धत गर्नेछ ।
यो खेलमा हारको सामना गर्दा नेपाल मलेसियासंग खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरिने लगभग पक्का हुनेछ ।
अर्को समुहमा श्रीलंका शिर्ष स्थानमा छ भने अफगानिस्तान दोस्रो स्थानमा छ । पाकिस्तान र युएईले अंक जोडेका छैनन् ।