arrow

लोकतान्त्रिक शक्तिको एकताले कांग्रेस मजबुत : रमेश लेखक

logo
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
ramesh-lekhak-party-pravesh-kanchanpur.jpg

कंचनपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् कंचनपुर क्षेत्र नम्बर -३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश लेखक कंचनपुर जिल्लाका सम्पुर्ण लोकतान्त्रिक शक्तिबीचको एकताले  नेपाली कांग्रेस मजबुत भइ जित सुनिश्चित भएको बताएका छन् । चुनावी प्रचार प्रसार अन्तर्गत भीमदत्त नगरपालिका वडा नम्बर - ९ को ब्रमदेबमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता लेखकले सो कुरा बताएका हुन् ।

बिगतका निर्वाचनहरुमा पनि कंचनपुरका जनताहरुले नेपाली कांग्रेसलाई बिजयी बनाएको बताउदै यो निर्वाचनमा पनि नेपाली कांग्रेसको पक्षमा जनमत जाहेर गर्ने बिश्वास ब्यक्त गरे।कार्यकर्ता भेटघाटका क्रममा नेता लेखक सम्पुर्ण कार्यकर्ताहरुलाई पार्टीका उम्मेदवाहरुलाई बिजयी गर्नको लागि  चुनावसम्म प्रचार प्रसारको लागि कुनै पनि कसर बाकी नराखी आ- आफ्नो ठाउमा खटन निर्देशन समेत दिएका थिए  ।

कार्यक्रममा बोल्दै प्रदेश सभा उम्मेदवार यज्ञराज जोशी ज्युले नेपाली कांग्रेसका उम्मेदवारका विपक्षमा रहेका उम्मेदवारहरुले जिल्लाको भुगोल  र समस्या नै नबुझेका उम्मेदवार भएकाले त्यस्ता उम्मेदवारहरुबाट कुनै बिकास सम्भव नभएको बिचार व्यक्त गरे।

कंचनपुरमा शनिबार मात्र नेपाली कांग्रेस , राप्रपा र राप्रपा (प्रजातान्त्रिक ) बीच चुनावी तालमेलको विषयमा संयुक्त पत्रकार सम्मेलन गरि एक भएर जाने सहमती भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ