arrow

‘दाङ अधिनायकवादको प्रयोगशाला बन्न सक्दैन’

logo
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
ADHINAYAK.JPG

दुधरास । राजनिधिक ध्रुविकरणको अभ्याससंगै पछिल्लो समयमा नेपाली कांग्रेसले चुनावी रणनितिलाइ गाँउ केन्द्रित अभियानका रुपमा लिएको छ ।  नेपाली कांग्रेसलाइ दुर्गम बस्तीका कांग्रेस जनहरुले जोगाएर हुर्काएको भन्दै अव लोकतन्त्रको पक्षमा अन्तिम मतदान गर्न समेत आग्रह गरेको छ  त्यसै अवसरमा अग्रज नेताहरुले दाङलाई अधिनायकवादको प्रयोगशाला बनाउन नहुने समेत बताएका छन् ।

‘लोकतन्त्रको फैसला गर्ने तपाइहरु हो, अव अधिनायकवादी सर्वसत्तावाद कम्युनिष्ट रोज्ने कि कांग्रेसको समुन्नत लोकतन्त्र खोज्ने तपाइहरु मतदाताका हातमा छ’—दुधरासमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै प्रतिनिधिसभा क्षेत्र नंवर २ का  सभाषद राजु खनालले भने । साथै उनले अवको लडाइ भनेको लोकतन्त्र र अधिनायकवादकाबीच भएको भन्दै लोकतन्त्रका पक्षमा मतदान गर्न समेत आग्रह गरे । ‘हामी लोकतन्त्रको संस्थागत विकाश संगै आर्थिक समृद्धि चाहिरहेका छौं, अधिनायकवाद नेपाली जनताले चाहेका छैनन्, उम्मेदवार खनालले भने, अव
अधिनायकवाद रोज्नेकि लोकतन्त्र रोज्ने’ खनालले भने, हामीले जनताको मतको उच्च सम्मान गर्न चाहन्छौं । खनालले यस क्षेत्रको पर्यटकीय क्षेत्र छिल्लीकोटको विकास गर्दै पर्यटक भित्राउने योजना ल्याउनकालागि आफूले पहल गर्ने बताए । उनले सडक मर्मत सँगै यस क्षेत्रमा प्यालाग्लाईडिङ र कालिका मालिका मन्दिरकालागि केवलकारको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे।  

सोहि कार्यक्रममा नेपाली कांग्रेसका नेता शंकर गिरीले सङ्गो मुलुकलाई अधिनायकवादको प्रयोगशाला बनाउन खोजिएको भन्दै अव नेपालका कुनैपनि बस्ती अधिनायकवादको प्रयोगशाला बन्न नसक्ने बताए । ‘हामीहरु एमाओवादीको जस्तो भगौडाशैलि चाहन्नौं, लोकतन्त्रका पक्षपाती जनतालाइ अधिनायकवाद स्वीकार्य हुन सक्दैन, अव कम्युनिजमको प्रयोगशाला दाङ हुनै सक्दैन’—गिरीले भने, मुलुकले लोकतन्त्र चाहेको छ ।

 सो अवसरमा पुर्व सभासद अनिता देवकोटाले नेपाली कांग्रेस लोकतन्त्रको पक्षमा लागीरहेको भन्दै अव मुलुकमा लोकतान्त्रीक सरकार गठन हुनेमा विस्वस्त बनाइन । ‘हामीहरु भन्दा पनि बढि तपाइ स्वतन्त्र मतदातालाइ विश्वास छ, अवको लडाइ अधिनायकवादलाइ जिताउने कि लोकतन्त्रलाइ जिताउने’—अनिताले भनिन् । त्यसै अवसरमा अव सिमेन्ट उद्योगहरुले गरेको प्रदुषणका विषयमा नेपाली कांग्रेस गम्भीर भएको भन्दै अव प्रदुषण विहिन उद्योगहरुको स्थापना हुने पनि उनले बताइन् । ‘सिमेन्ट उद्योगको प्रदुषणले तपाइहरु म्र्माहत हुनुहुन्छ, मलाइ थाहा छ, त्यसैले पनि हामीहरुले यस्ता उद्योगहरुलाइ वातावरण मैत्री बनाउने वा हटाउृने भन्ने पहलमा छौं’—अनिताले भनिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ