काठमाडौ । नेपालको संविधान पहिलो संशोधन विधेयकबारे छलफल प्रारम्भ गर्ने गरी संसदको बैठक बसेको छ । संसदमा पेश भएको संविधान संशोधन विधेयक प्रति असहमति जनाउँदै आन्दोलनरत सभासदहरुले बैठक बहिष्कार गरेका छन् । दलहरुबीच भएको सहमति अनुसार केही दिन भित्रै संविधान सशोधन गर्ने तयारी भएको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री अग्नि खरेलले नेपालको संविधान पहिलो सशोधन विधेयक माथिको दफावार छलफल गरियोस् भन्ने प्रस्ताव राख्दै छन् । मन्त्री खरेलको प्रस्ताव प्रस्तुत भएपछि विधेयकमाथि परेका संशोधनहरु निर्णयार्थ पेश गर्ने बाटो खुला हुनेछ ।
बैठकमा ससद नियमावली मस्यौदा समिति सभापति राधेश्याम अधिकारीले समितिको कार्यावधि थप गर्नका लागि राखेको प्रस्ताव पारित भएको छ । बैठकमा महिला बालबालिका तथा समाज कल्याण समितिकी सभापति रञ्जु ठाकुरले मानव शरीरको अंग प्रत्यारोपण ऐन सशोधन विधेयकको प्रतिवेदन प्रस्तुत गरेकी छन् । बैठकमा खुला विश्वविधालय विधेयकलाई सबन्धित समितिमा पठाइयोस् भनि शिक्षा मन्त्री गिरीराजमणि पोख्रेलले राखेको प्रस्ताव समेत पारित भएको छ ।
त्यसैगरी स्वास्थ्य मन्त्री रामजनम चौधरीले मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक ०७२ लाई पनि सबन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित भएको छ । यद्यपि, संसदको बैठक प्रारभ हुनासाथ मधेसी मोर्चाका सभासदले बिरोध गरेका छन्, भने नेपाल मजदुर किसान पार्टीका सभासदहरुदले भारतीय इशारामा विरोध भैरहेको बताएका छन् । यसअघि, कांग्रेसले हंगामा गर्ने भनिएकोमा मधेसी मोर्चाले नै हंगामा सुरु गरेको छ ।