arrow

अरुण तेस्रो र माथिल्लो कर्णालीको लगानी जुटाउन ६ महिनाको म्याद थप

चिनियाँ कम्पनीको सम्झौता खोसेर भारतीय कम्पनीलाई उपहार

logo
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
lagani_board.JPG

काठमाडौं । सरकारले अरुण तेस्रो जलविद्युत आयोजना र माथिल्लो कर्णाली जलविद्युत आयोजनाको लगानी जुटाउन ६ महिनाको समय थप गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले २ ठूला जलविद्युत आयोजनाको लगानी जुटाउन ६ महिना समय थप गर्ने निर्णय गरेको हो ।

व्यवहारिक पक्षलाई केन्द्रविन्दुमा राखेर दुवै आयोजनाको लगानी जुटाउन ६ महिनाको समय थप गर्ने निर्णय गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए ।

९ सय मेघावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजना र ९ सय मेघावाट क्षमताकै माथिल्लो कर्णाली जलविद्युत आयोजनाको लगानी जुटाउने जिम्मा सरकारले भारतीय कम्पनीलाई दिएको थियो ।

लगानी बोर्डले काठमाडौं उपत्यकाभित्र मेट्रो रेल निर्माणका लागि आवश्यक पूर्वाधारको विस्तृत अध्ययन गर्न राष्ट्रिय योजना आयोगको पूर्वाधार विभागलाई निर्देशन पनि दिएको छ ।

काठमाडौं उपत्यका भित्र मेट्रो रेलमार्ग निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार पार्न विभागलाई निर्देशन दिने निर्णय गरिएको पनि प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए ।

बुढी गण्डकी निर्माणका लागि चिनियाँ कम्पनी गेजुवासँग भएकाे सम्झाैता खाेसेकै दिन सरकारले दुई भारतीय कम्पनीकाे म्याद थप गरेकाे भन्दै निकै अालाेचना भएकाे छ । माथिल्लाे कर्णाली भारतीय कम्पनि जिएमअारले जिम्मा लिएकाे छ भने, अरुण तेस्राेकाे जिम्मा एसजेभिएन (सतलज) लिमिटेडले लिएकाे छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ