सडक निर्माणमा अनियमितता भएको भन्दै बेल्डाँडी गाउँपालिकामा तालाबन्दी
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
817
Shares
बेल्डाँडी । कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा स्थानीयले ताला लगाएका छन् । बेल्डाँडी गाउँपालिका वडा नं. २ ढकनियाका नागरिकहरुले ताला सडकगको स्टिमेट अनुसार काम नभएको भन्दै सोमबार तालाबन्दी गरेका हुन् ।
आर्थिक वर्ष २०७३–७४ मा विनियाजित रकम ६४ लाख २८ हजार ५७१ रुपैँयामा बन्ने भनिएको ओमशान्तीको पाठशाला देखि ढकनीया हुँदै बैबाहा जोड्ने सडकखण्डमा झारो टार्ने गरी काम भएको ढकनियाका नागरिकहरुले आरोप लगाएका छन् । सडग विभाग ७० प्रतिशत र बेल्डाँडी गाउँपालिकाको ३० प्रतिशत गरी कुल ६४ लाख २८ हजार ५७१ रुपैँयामा सडग मर्मत तथा ग्राभिल गर्ने गरी ठेक्का भएको थियो ।
तर त्यस सडगखण्डमा काम भने लापरवाही तरिकाले गरिएकाले अनिश्चितकालिन तालाबन्दी गरिएको स्थानीय सचिन कठायतले बताउनु भयो । स्टिमेट अनुसार काम गरी पारदर्शी तरिकाले खर्चको विवरण उपलब्ध नगराउँदा सम्म तालाबन्दी यथावत रहने आन्दोलित नागरिकहरुले बताएका छन् । यस सम्बन्धी सम्बन्धित ठेकेदारसंग बुझ्न खोज्दा टेलिफोन सम्पर्क हुन सकेन ।