arrow

एक्लै बस्दा सधैं मलाईका सङ्गीतकार खड्गी रहेनन्

सङ्गीतकार खड्गीले पुराना तथा नयाँ गरी झण्डै सातसय गीतमा सङ्गीत भरेका छन् ।

logo
प्रकाशित २०७२ माघ ७ बिहिबार
Ratna.jpg.jpeg
काठमाडौँ । गायिका अरुणा लामाको स्वरमा रहेको ‘एक्लै बस्दा सधैं मलाई’बोलको गीतका संगीतकार रत्नबहादुर खड्गीको ७९ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ ।  लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित खड्गीको उपचारका क्रममा भक्तपुर क्यान्सर अस्पतालमा बिहान निधन भएको हो । 

सङ्गीतकार खड्गीले पुराना तथा नयाँ गरी झण्डै सातसय गीतमा सङ्गीत भरेका छन् । काठमाडौँंको कीर्तिपुरमा जन्मिनुभएका खड्गी हाल बागबजारमा बस्दै आएका थिए । उनले सङ्गीत गरेकामध्ये ‘एक्लै बस्दा सधैंं मलाई सम्झना तिम्रो आइदिन्छ’, ‘खोलाको दुई किनार भो तिम्रो र मेरो पिरती’, ‘कर्मको रेखा नमेट्दो रै छ’, ‘सिरानीले बिझायो कि ?’ लगायतका दर्जनौं गीत लोकप्रिय छन् । 

उनको सङ्गीतमा पुरानो पुस्ताका अरुणा लामा, दिलमाया खातीदेखि अहिलेका सत्यराज आचार्य, अञ्जु पन्तलगायत गायक गायिकाले स्वर दिएका छन् । स्वर्गीय खड्गीका एक छोरा र दुई छोरी छन् । उनको बिहीबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ