रजिन रुचालको स्वर, शब्द र संगीतमा तयार भएको गीतलाई निर्देशक सशांकले निकै रचनात्मक तरिकाले प्रस्तुत गरेका छन् ।
प्रकाशित २०७२ माघ ७ बिहिबार
911
Shares
काठमाडौं । आवारा जीवन बिताईरहेको बेला एउटी सुन्दर युवती देख्दा कसको मन नरमाउला र । तर त्यो युवतीको पहिचान हुन नपाउँदै सहर छोड्दा मन पनि पक्कै दुख्छ । रंगमञ्चमा सक्रिय कलाकार आर्जेश रेग्मीले फिचरिङ गरेको भिडियो ‘२०६० साल’ हेर्दा उनको पीडालाई बुझ्न गाह«ो नपर्ला ।
आवारा जीवन बिताईरहँदा सुन्दर युवती करुणालाई देखेका आर्जेशले युवतीको नाम, थर र ठेगाना बुझ्न नपाउँदै अनि प्रेम रुपी गुलाबको फूल दिन नपाउँदै सहर छाड्नु पर्दाको पीडालाई म्युजिक भिडियो निर्देशक सशांक कँडेलले निकै भावुक रुपमा प्रस्तुत गरेका छन् ।
रजिन रुचालको स्वर, शब्द र संगीतमा तयार भएको गीतलाई निर्देशक सशांकले निकै रचनात्मक तरिकाले प्रस्तुत गरेका छन् । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा निशान घिमिरेको सम्पादन छ ।