- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । मकवानपुरको मनहरी–७ विजौनामा एक व्यक्तिले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ । खुकुरी प्रहार गर्ने व्यक्ति सुमन बराइली रहेको मनहरी प्रहरी चौकीले जनाएको छ ।
अन्दाजी ३०–३२ वर्षका बराइलीको मानसिक सन्तुलन ठीक नभएको प्रहरीको प्रारम्भिक अनुमान छ । खुकुरी प्रहारबाट ५२ वर्षका सिताराम धिताल र धितालकै १२ वर्षीय छोरा सुदीपको मृत्यु भएको हो ।
यस्तै, ६० वर्षका जीतबहादुर बुलनको पनि मृत्यु भएको छ । खुकुरी प्रहार गर्ने र मृतक सबै एकै ठाउँका रहेको प्रहरीले जनाएको छ । दुई जनाको भरतपुर अस्पताल चितवनमा मृत्यु भएको हो भने, एक जनाको मनहरीमै मृत्यु भएको हो ।
नजिकै प्रहरी कार्यालय भएकाले खुकुरी नचाउने व्यक्ति तत्कालै पक्राउ परेको र अन्यलाई आक्रमण गर्न नपाएको बताइएको छ ।