arrow

मोरङको रंगेलीमा प्रहरीको गोली प्रहारबाट एकको मृत्यु, मोर्चाका ४ कार्यकर्ता ढले

आक्रोशमा एमाले नेताका दुई मोटरसाइकलमा आगजनी

logo
प्रकाशित २०७२ माघ ७ बिहिबार
morang j.jpg.jpeg
विराटनगर । मोरङको रंगेलीमा मधेसी मोर्चाका कार्यकर्ता र पहरीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ, भने चार पाँच जना घाइते भएका छन् । प्रहरीको गोली लागि ६० वर्षीया एक वृद्धाको मुत्यु भएको हाम्रा संवाददाता कुमोद अधिकारीले जनाएका छन् । मृत्यु हुने रंगेली–४ की द्रोपदीदेवी चौधरी हुन् । एक प्रहरी समेत घाइते भएको बताइएको छ ।
 
मोर्चाका ४ कार्यकर्तालाई गोली लागेको छ । गोली लागेर घाइते भएका मोरङ रंगेली –९ का सत्यनारायण साह, जगरनाथ साह तथा वर्णङ्गा –१ का महादेव ऋषिदेव र सुवोध मण्डललाई उपचारका लागि विराटनगरस्थित कोशी अञ्चल अस्पताल लगिएको संवाददाता अधिकारीले जानकारी दिए । मोरङको रंगेलीमा एमालेको भ्रातृसंगठन युवासंघ नेपालको कार्यक्रम विथोल्न आएका मोर्चा कार्यकर्तालाई रोक्ने क्रममा प्रहरीसंग झडप भएको हो । प्रहरीलाई मोर्चा कार्यकर्ताले तीर, खुकुरी र घरेलु हतियार तथा ढुंङ्गामुढा प्रहार गरेका थिए । अश्रुग्यास र हवाइफायरले स्थिति नियन्त्रण हुन नसकेपछि प्रहरीले गोली वर्षाएको हो । सबै गरेर प्रहरीले १८ देखि २० राउण्ड फायर गरेको छ ।
 
एमाले नेताको मोटरसाइल जलाए
ओक्रोशित मोर्चा कार्यकर्ताले एमाले नगर अध्यक्ष मनोज अग्रवालसहित दुई नेताको मोटरसाइकल जलाइदिएका छन् । २ वटा मोटरसाइकलमा आगजनी गरेका उनीहरुले आसपासमा तोडफोड समेत गरेका छन् । 
 
युवासंघको कार्यक्रममा को–को थिए ?
युवासंघको कार्यक्रममा केन्द्रका प्रभावशाली नेताहरु पुगेका थिए । महासचिव ईश्वर पोखरेल, नेता संकर पोखरेल, पूर्व उद्योगमन्त्री महेश बस्नेत, युवा नेतृ निरु पाललगायत रंगेलीको कार्यक्रममा थिए । मोर्चा कार्यकर्ताले कार्यक्रम गर्न नदिने भन्दै विथोल्ने प्रयासगरेपछि झडप भएको हो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ