arrow

विप्लवले रोकिने छाँट ल्याएनन्, मतदाता शिक्षा सामग्री खोसे

logo
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
biplab-maobadi.jpeg

जुम्ला । नेपाल कम्युनिष्ट पार्टी विप्लबका कार्यकर्ताले सिंजा गाउँपालिका–२ रनुखानागाउँबाट मतदाता शिक्षा सामग्री खोसेका छन् । 

रोपनी जनजागृति प्रावि रनुखाना धापा मतदान केन्द्रका मतदातालाई मतदाता शिक्षा दिन जाँदै गर्दा नेकपाका कार्यकर्ताले मतदाता शिक्षा सामग्री खोसेर लगेको निर्वाचन शिक्षा सहजकर्ता राधा श्रेष्ठले जानकारी दिइन् । 

“बाटोमा हिँडिरहेको बेला एक्कासि पाँच–छ जना आएर मतदाता शिक्षा सामग्री दिनुस् भने र हातबाट खोसेर लगे”–उनले भनिन् ।  

निर्वाचन शिक्षा सामग्रीसँग सम्बन्धित केही पोष्टर, पम्पलेट र नमूना कार्ड उनीहरुले लगेपनि मतदातालाई शिक्षा दिने केही सामग्री आफूसँग सुरक्षित रहेको उनले बताइन् । 

रनुखाना मतदान केन्द्रका लागि सहजकर्ता श्रेष्ठ र जयशंकर चौलागाईँ खटिएका छन् ।  

रनुखानामा भएको घटनाबारे आफू नेपालगञ्जबाट जुम्ला पुग्नेबित्तिकै थाहा पाएको र अहिले त्यसक्षेत्रको सुरक्षा अवस्थालाई कडा बनाइएको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर पौडेलले जानकारी दिए । 

अतिसंवेदशील केन्द्रका रुपमा ठानिएको उक्त मतदान केन्द्रमा अब मतदाता शिक्षा दिन कुनै असहज नहुने उनले विश्वास दिलाए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ