arrow

बाराको विकास र परिवर्तनका सारथि पेमा सिद्धि लामा

समाजमा परिवर्तन चाहने युवाहरुको साझा उम्मेदवार

logo
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
pemasiddhi_lama.jpg

बारा। मुलुकको राजनीतिमा नै अहिले युवा र पौढको राजनीति चलिरहको छ । युवा शक्तिहरु पौढ र बृद्धहरुको आलोचना गरेर आफ्नो स्थान खोजीरहेका छन् भने बृद्ध नेताहरु आफ्नो अनुभवको धाक देखाएर युवाहरुलाई ओझेलमा पार्ने प्रयारमा रहँदा नेपाली राजनीतिमा युवा पुस्तालाई अवसर पाउन निकै कठिन भईरहेको छ । अवश्य पनि बृद्ध र पाका नेताहरुको अनुभव र युवा नेताहरुको जाँगरले मात्रै देश विकास हुने हो र पुराना पुस्ताले अभिभावक बनेर युवा नेताहरुलाई पालो दिनु पर्ने हो । तर, त्यो भईरहेको छैन । तर पनि युवाहरु आफैं संघर्ष गर्दै राजनीतिमा स्थापित हुने प्रयासमा छन् । 

पुराना पुस्ताका नेताहरु नै पद र अवसरमा लिप्त भईरहँदा समाजमा विकास र क्रान्ति ल्याइरहेका युवाहरु भने ती पुरानै पुस्ताका नेताहरुको छात्रछायामा बसिरहन बाध्य भईरहेका छन्। तर यदाकदा यस्ता युवाहरु पनि छन जो राजनीति र समाजसेवामा आफूले गरेको परिवर्तनीय कार्यहरु मार्फत लोकप्रिय हुँदै जनप्रिय भएरै जनताको घर दैलोमा पुगिरहेका छन् । त्यही मध्यका एक नेता हुन् बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ (क)का प्रदेशसभाका उम्मेदवार विकासप्रेमी, कर्मठ,जुझारु, युवा पुस्ताका लोकप्रिय नेता पेमासिद्धि लामा अर्थात् अझै भनौ युवाहरुमाझ चर्चित नाम पेमा दाइ ।    

सोही क्षेत्रमा जन्मिएर बाराकै माटोमा लडीबुडी खेल्दै आएका उनी बाराको समस्या बुझेका नेता मानिन्छन् । वि सं  २०३१ साल मंसिर २१ गतेका दिन साविकको नीजगढ गाविस वडा न ७ ९हाल निजगढ नपा वडा न ‌८०मा सामान्य परिवारमा जन्मिएका लामाले निजगढकै स्थानीय गौरी शंकर माविमा अध्ययन गरेका हुन् । विसं २०४९ साल अर्थात् १९ वर्षको किशोरावस्थादेखि नै समाजसेवा र नेपाली काँग्रेसको राजनीतिमा सक्रिय भएका लामाले वि सं २०५५ सालमा पार्टीको क्रियाशील सदस्यता प्राप्त गरेका थिए। त्यसपछि वि सं २०५७ सालमा नेपाली काँग्रेस निजगढको गाउँ इकाई कार्यसमितिको सदस्य बनेका लामा विसं २०६० सालमा नेपाल तामाङ संघ बाराको जिल्ला सभापति, वि सं २०६८ सालमा नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय सदस्य हुँदै नेपाली काँग्रेसको १२ औ महाधिवेशनदेखि हालसम्म महासमिति सदस्य रहेका छन्।

बारामा आर्थिक, शैक्षिक, खेलकुद,धार्मिक, विकास निर्माणका कार्यहरुमा लामो समयदेखि सक्रिय रहेका लामाले आफ्नो क्षेत्रमा धेरै उदाहरणीय कार्यहरु गरेका छन् । चाहे आर्थिक अभावमा अस्पतालको शैयामा छट्पटाईरहेको बिरामीलार्इ आफ्नो सहयोगमा उपचार गराउन होस् या त अध्ययन क्षमता भए पनि पैसाको अभावमा अध्ययन गर्नबाट बन्चित हुनलागेका बिद्यार्थीहरुलाई सहयोग गरेर अध्यापन गराउने कार्यमा नै किन नहोस् । लामाले सो क्षेत्रका मानिसहरुलार्इ लगाएको गुन लिनेहरु कसैले पनि कहिलै भुल्न सक्दैनन् ।

लामाको नेतृत्व र सक्रियतामा भएका विकास निर्माणका केहि कार्यहरु 
उनले आफूले सक्रिय राजनीति सुरु गरेपछि गरेका धेरै कामहरु बारा जाने मान्छेले आफैं मनन गर्न सक्नेछ । उनले गरेका केही उल्लेखनीय कामहरुलाई चाहिँ हामीले यहाँ उल्लेख गर्ने कोशिस गरेका छौं । 

उनले निजगढ (भरतगंज सिंगौल हुँदै मकवानपुरको फापरवारी जाने बाटो (हाल सर्वे भइरहेको) नेपाल सरकारको रातो कितावमा पार्न सफल  भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र निजगढको स्तरोन्नतीसँगै स्वास्थ्य केन्द्रलाई आवश्यक सम्पूर्ण उपकरणहरु भित्र्याउन सफल, निजगढ खयरघारीमा निर्माणाधीन क्रिकेट रंगशालाको स्तरोन्नती र निर्माण कार्यको नेतृत्व गरेका छन् । 

यी उनले गरेका कामका केही उदाहरणहरुमात्रै हुन् । समाजमा यी भन्दा धेरै सामाजिक कार्यहरु गरेर लामाले युवा समाजसेवीको अविस्मरणीय छाप छोडिसकेका छन् । यसरी विगत अढाई दशक भन्दा लामो समयदेखि समाजसेवा र राजनीतिमा होमिएका ईमानदार,जनताको सेवामा निरन्तर सक्रिय, किसान, व्यवसायी,विद्यार्थी, सम्पूर्ण जातजाति,भाषाभाषी ,धर्म, लिंग, वर्णको बारा जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ ९क० का एकमात्र साझा उम्मेदवार पेमासीद्धि लामा९पेमा दाई०को उद्धेश्य भनेकै समाजमा आफु भन्दा अग्रजको सल्लाह र सुझाव लिई युवाको नेतृत्वमा आर्थिक,शैक्षिक परिवर्तन ल्याउनु र बिकाश निर्माणको कार्य लगायत हरेक क्षेत्रमा समान किसिमको धारणा पस्कनु हो ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ