काठमाडौं । धेरै पछि एउटै मञ्चमा देखिएका पूर्व सहयात्री एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र क्रान्तिकारी माओवादी अध्यक्ष मोहन वैद्य कानेखुसी गर्दा राजधानीमा आयोजित एक कार्यक्रममा सहभागि एकोहोरो दुवैलाई हेरिरहे । अन्ततः दाहालले मनको कुरा मनमै राखेनन् । बोल्ने पालो आएपछि फ्याट्टै भनिहाले ‘अब एक साथमुलुक जोगाउनकै लागि भएपनि सच्चा कम्युनिष्टहरुबीच एकताको विकल्प छैन ।
विहीबार काठमाडौंमा कृष्णदास श्रेष्ठद्वारा लिखित भौतिकवादको विकासको इतिहास र माक्र्सवादी सौन्दर्य चिन्तन नामक कृतिको विमोचन कार्यक्रममा दाहालले कम्युनिष्टहरु छिन्नभिन्न हुँदा विभिन्न आन्दोलनका उपलब्धि संस्थागत गर्न कठिनाइ भएको भन्दै राष्ट्रिय स्वाधीनता रक्षाका लागि कम्युनिष्टहरुको एकता अपरिहार्य रहेको सुनाए ।
दाहालले भने,‘हामी माओवादी र कम्युनिष्टहरुले जनता र राष्ट्रप्रति निष्ठाका साथ नयाँ धरातल खडा गर्नुपर्छ । विचारको शक्तिलाई भौतिक शक्तिमा बदल्नुपर्छ । नयाँ वैचारिक धरातल र नयाँ एकताको खोजी गर्नै पर्दछ ।’ दाहालले माओवादी अध्यक्ष वैद्यलाई सुनाउँदै मात्रात्मक रुपमा कम्युनिष्ट आन्दोलनको विकास भएको र गुणात्मक हिसावले ह्रास आएको बताए ।
नेपाली समाज समाजवादको क्रान्तिमा गइसकेको उर्दी लगाइरहेका दाहालले भनेका छन्,‘कम्युनिष्ट आन्दोलन भित्र पूँजीवादको यति धेरै बोलवाला छ, कि यसले सम्झौता आत्मासमर्पण तिर धकेलेको छ , अर्को तिर ठोस वस्तुको विश्लेषण गर्न नसक्ने स्थिति पनि देखा परेको दाहालको भनाई छ ।
नयाँ धरातलमा टेकेर कम्युनिष्टहरुलाई एकतावद्ध गर्नुपर्ने आवश्यकता छ, हामी एउटै धाराबाट विकसित भएका एउटै स्कुलिङ भएकाहरुले नै दायाँ र बाँया तिर हेर्ने कमजोरी गरेका छौं –दाहालले भने । कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी अध्यक्ष मोहन वैद्यले अहिले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता जस्ता विषय खतरामा परेको भन्दै सबै एक हुनुपर्नेमै जोड दिए । दुवैले कानेखुसीमा एकतृत भएका सहभागिलाई एकता विषय झिकेर चहकित पारे । ता कि अब दुवै एक ठाउँमा आउँछन् । वैद्यले अहिलेको सरकार आम जनताको आवश्यकता पूरा गर्न असफल भएको समेत आलोचना गर्न भ्याए ।
दाहाल र वैद्यलाई एकोहोरो हेरिरहका सहभागि