arrow

वर्ल्डलिंकले ल्यायो 'तीनको तड्का' अफर

logo
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
Worldlink_Communications.png

काठमाडौं ।  इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ''तीनको तड्का'' नामक अफरमा भारी छुट, डबल ब्यान्डविड्थ र फ्रि नेटटिभी प्रदान गर्ने  योजना सुरुवात गरेको छ ।
 
'तीनको तड्का' योजना अन्तर्गत नयाँ इन्टरनेट जडान गर्ने तथा पुराना नविकरण गर्ने ग्राहकहरुलाई ४० प्रतिशत सम्मको छुट प्रदान गर्ने कम्पनिले जनाएको छ ।  सबै प्याकेजका बार्षिक इन्टरनेट सेवा खरिद गर्ने ग्राहकहरुलाई निशुल्क नेट टिभीको सेवा प्रदान गर्ने तथा हालको ५ एमबीपीएसको प्याकेज लाई दोव्बर गरि १० एमबीपीएसको प्याकेजमा रुपान्तर गर्ने योजना कम्पनीले ल्याएको हो ।     
 
५ एमबीपीएसको सेवा चलाईरहेका ग्राहकहरुले यो योजना अन्तर्गत स्वतः १० एमबीपीएसको सेवा पाउने छन् भने  ५ एमबीपीएसको सेवा लिनचाहने ग्राहकहरुलाई बार्षिक रुपमा नयाँ सेवा जडान गर्दा १० एमबीपीएसको सेवा, छुट सहित जडान खर्च, राउटर तथा फाईवर तारको शुल्क बुझाउन पर्ने छैन । साथै ३ महिनाका लागि निशुल्क नेट टिभि समेत समावेश प्रदान गर्नेछ ।

वर्ल्डलिंकको २५ एमबीपीएसका प्याकेजको खरिदमा एक वर्षको भुक्तानी तथा नविकरण गर्दा प्याकेजमा छुटका साथै ६ महिनाको लागि निःशुल्क नेटटिभीको सेवा लिन सकिने छ ।  ५० एमबीपीएसको प्याकेजको खरिदमा बार्षिक भुक्तानी तथा नविकरण गर्दा १ बर्षकै लागि निशुल्क नेटटिभी तथा छुट समेतको योजना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ