arrow

तीन दशकपछि राँके रवि भेडेटार सडकको कालोपत्रे हुने 

logo
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
panchthar-district.png

पाँचथर । तीन दशक अघि ट्रयाक ओपन भएको पाँचथको राँके—रवि—धनकुटा भेडेटार सडकखण्डमा लामो समयको प्रतिक्षापछि कालोपत्रे हुने भएपछि स्थानियहरु उत्साहित भएका छन् ।

कालोपत्रे गर्नका लागि निर्माण ब्यवसायिहरुलाई प्रि—क्वालिफिकेशन आवेदन आह्वान गरिएपछि स्थानियहरु उत्साहित भएका हुन् । 

मिक्लाजुङ २ का स्थानिय गंगा आङदेम्बेले भने,“यो सडकको कालोपत्रे हुन्छ हुन्छ भनेर धेरै हल्ला मात्रै सुनियो तर अव चाहिँ टेन्डरको प्रक्रिया समेत अघि वढाइएको हुँदा काम हुन्छ कि भन्ने आशा छ ।”

लाइन अफ क्रेडिट फिल्ड ३ सडक पूर्वाधार क्षेत्र विकाश कार्यक्रम अन्र्तगत घोषित ३ सय ३० मिलियन अमेरिकी डलरमध्ये बाट यो सडक कालोपत्रे गर्ने प्रक्रिया अघि वढेको कार्यक्रम संयोजक श्रीबाबु ढकालले जानकारी दिए । उनका अनुसार यो दुई चरणमा ठेक्का लाग्नेछ ।
 
पहिलो चरणमा पूर्व योग्यता आवेदन मार्फत निर्माण ब्यवसायिहरु छानिने छन् । 

छानिएका कम्पनीहरु वीच प्रतिस्पर्धा गराई दोस्रो चरणमा ठेक्का लगाइनेछ । 

पाँचथरको राँके देखि धनकुटाको भेडेटार सम्म १ सय १ किलोमिटर सडकको कालोपत्रे गर्नका लागि टेन्डर आह्वान गरिएको बताइएको छ ।
 
यस सडकको डिपीआर गरेपनि काम अघि नबढेको भन्दै स्थानियहरु चिन्तित बनेका थिए । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला घोषणा भएको रिण सहयोग मार्फत यो सडक बन्न लागेको हो । 

यो सडक कालोपत्रे नहुँदा बर्षादको समय असारदेखि असोजसम्म यो सडक बन्द नै हुने गर्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ