गुल्मी । गुल्मी र बाग्लङ्गको संगम स्थल ग्वालिचौर खारबजारमा ५ दिनसम्म सञ्चालन भएको न्वागी पर्वसँगै लागेको मेलामा ढोरपाटनको स्याउको उचित मूल्य नपाएको र व्यापार घटेको छ ।
मेलालाई लक्षित गदै निसीखोला गाँउपालिका ५ निसीढोरपाटनका स्याउ व्यापारी जुम बहादुर बुढाथोकीले भने,गत बर्षको न्वागी मेलामा झण्डै साढे ४ कुन्टल ढोरपाटनको स्याउ व्यापार भएकोले कारोवार राम्रो भएको तर अहिले पनि त्यहि आशले मेलाको ५ दिनको अवधिभरमा बल्लतल्ल मूल्य घटाएर भएनी झण्डै ३ कुन्टल सम्मको स्याउलाई प्रतिकेजी १ सय २० रुपैया देखि १ सय सम्ममा मेलामा स्याउ विक्रि वितरण भएको र मेलामा सोचेअनुसारको स्याउको व्यापार नभएको र मूल्य समेत नपरेको गुनासो गरे ।
स्याउ व्यापारी बढाथोकीले भने, 'आफ्नै विकट गाँउमा उत्पादन गरेका ढोरपाटनको स्याउको उचित बजारीकरण र कृषि प्राविधिक र स्याउ खेती गर्ने किसानहरुको लागि स्याउ खेतीका बारेमा बेला बेलामा तालिम नहुदा आफूलाई निकै समस्या भइरहेको छ'।
साथै आफूलाई स्याउ खेती गर्न कृषि प्राविधिक र अनुगमन निरिक्षण गरिदिने र स्याउका बारेमा बेला बेलामा तालिमको व्यवस्था गरि स्याउका विरुवा समेत जिल्ला कृषि कार्यालय बाग्लङ्गले उपलब्ध गराइदिने हो भने स्याउ उत्पादनमा वृद्धि हुनुका साथै स्याउखेती तर्फ किसानहरुको आर्कषण बढ्ने स्याउ व्यापारी बढुथोकीको भनाइ छ ।