arrow

अब पुनः निर्माणको कामले प्राथमिकता पाउँछ : गृहमन्त्री

logo
प्रकाशित २०७२ माघ ७ बिहिबार
Shakti.jpg.jpeg
त्रिशूली (नुवाकोट)। गृहमन्त्री शक्तिबहादुर बस्नेतले पुनःनिर्माण प्राधिकरण गठन भइसकेकाले अब सरकारले चरणबद्ध रुपमा पुनःनिर्माणको कामलाई प्राथमिकता दिने बताएका हुन् । गाउँखर्क गाविस वडा नं ७ बोलगाउँमा भूकम्पपीडितलाई न्यानो सामग्री वितरण गर्दै गृहमन्त्री बस्नेतले भूकम्पपीडितका लागि सरकारले चरणबद्ध रुपमा काम थालेको बताए । 
 
गृहमन्त्री बस्नेतले सरकारलेमात्र सबै पीडितलाई सहयोग गर्न नसकिरहेका बेला विभिन्न सङ्घसंस्थाले गाउँगाउँमा पुगेर गरेको उद्धार, राहत वितरणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था धन्यवादको पात्र भएकोसमेत बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ