arrow

कम्युनिष्टहरुको एकता स्यालको कथा जस्तै हो : शशांक

विभिन्न पार्टीका ४ सय जना कार्यकर्ता काँग्रेसमा प्रवेश

logo
प्रकाशित २०७४ मंसिर २ शनिबार
Sashanka-koirala.jpg.jpeg

रामेछाप । काँग्रेस महामन्त्री शशांक कोइरालाले मुलुकको विकास, शान्ति र सम्बृद्धिका लागि नेपाली कांग्रेसलाई नै जनताले रोज्नु पर्ने बताएका छन् । पश्चिमी रामेछापको लखनपुरमा भएको जनसभामा कोइरालाले काँग्रेसको नेतृत्वमा सरकार बनेमा मात्र मुलुक सम्बृद्ध बन्ने बताए । 

उनले कम्युनिष्टहरुको गठवन्धनबाट काँग्रेस कार्यकर्ताहरु डराउनु नपर्ने भन्दै उनीहरुको एकता स्यालको कथा जस्तै भएको औल्याए । कम्युनिष्टहरु हिजो पनि एकै थिए, अहिले मात्र भएका हैनन कोइरालाले भने – उनीहरुको गठवन्धनले काँग्रेसलाई केही फरक पार्दैन । काँग्रेस हिजो जे थियो भोलिको दिनमा पनि त्यहि रुपमा नै मुलुकको प्रमुख दलको रुपमा रहिरहन्छ । 

कार्यक्रममा उद्योगपति एवं कांग्रेसका समानुपातिक उम्मेदवार विनोद चौधरीले मुलुकको अर्थतन्त्र सहि दिशामा लैजानका लागि काँग्रेसलाई नै रोज्नु पर्ने बताए । उनले विश्वकै गरिव मुलुकको अर्थतन्त्र सुधार गर्न र विदेशी लगानीकर्तालाई आकर्शित गर्नका लागि काँग्रेसको विकल्प नभएको दावी गरे । 

काँग्रेसको घोषणा पत्रमा मुलुकलाई आर्थिक रुपमा सम्वृद्ध बनाउने र रोजगारीको अवसर सृजना गर्ने कुरा रहेको उल्लेख गर्दै चौधरीले त्यसका लागि पनि काँग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने वताए । 

कार्यक्रममा रामेछाप प्रदेश सभा ख का उम्मेदवार जितवहादुर मगरले कम्युनिष्टहरुको किल्ला भत्काउँदै हजारौं युवाहरु काँग्रेसको मोर्चामा सामेल भएको भन्दै निर्वाचनमा सहज विजय हुनेमा आशावादी रहेको बताए । शान्ति र विकासका लागि काँग्रेसलाइ रोज्ने बाहेक मतदातासँग अर्को विकल्प नभएको मगरले बताए । उक्त कार्यक्रममा एमाले र माओवादी परित्याग गरी काँग्रेस प्रदेश गर्ने करिव ४ सय युवाहरुलाई महामन्त्री कोइरालाले स्वागत गरेका थिए । उक्त सभामा कांग्रेस नेता रामचन्द्र खड्का लगाएतले आसन्न निर्वाचनमा कांग्रेसलाइ विजय गराउन मतदाताहरुलाइ आग्रह गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ