arrow

यी हुन् जनताको हलो जोत्न तयार सिकन्दर गुरुङ

logo
प्रकाशित २०७४ मंसिर २ शनिबार
bhoje.jpg

पोखरा । कास्की क्षेत्र नं ३ अन्तर्गत प्रदेशसभा 'ख' का उमेदवार सिकन्दर गुरुङ 'भोजे' ले  ५ बर्ष जनताको हलो जोत्ने बताएका छन् ।  शनिबार कास्कीकोट काउलेको कोण सभामा बोल्दै उनले प्रतिकात्मक रुपमा आफुले चुनाव जिते ५ बर्षसम्म गाँउ र गाँउबासीको सेवा गर्ने बताए ।  

 उनले स्थानीयसँग भने , म किसानको छोरो आज तपाईहरु समक्ष भोट माग्न आएकै छु भन्दै उनले काँग्रेसलाई जिताउन आग्रह गरे । मलाई भोट दिएर जिताउनुहोस, म ५ बर्ष सम्म तपाइहरुको हलो जोत्छु भन्दै उनले ५ बर्षमा नै गाउँ केन्द्रित विकास गरेर गाउँको मुहार फेर्ने प्रतिबद्धता व्यक्त गरे ।

 उनले भने , गाँउको बिकास गर्न मलाइ नेपाली काँग्रेसले टिकट दियो, म गाउँले किसानको छोरो ,गाँउ र किसानका निम्ती सेवा गर्छु , उनले भने अब जिताउने जिम्मा तपाईहरुको,। उनले काँग्रेसको पक्षमा भोट हाली सबै उम्मेदवारलाई  जिताउन आग्रह गरे । गाउँलाई माया गर्ने मान्छे उम्मेदबारको रुपमा पाएको भन्दै कास्कीकोटका ९७ बर्षीय कुबीरीप्रसाद सुबेदीले काग्रेसको जित सुनिश्चित भएको दाबी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ